सरकारी नेकपाका नेता भीम रावल भन्छन्,‘उत्तर कोरिया बिरुद्ध जासुसी गरेको आरोप लागेर ५ वर्ष जेल परेका, अमेरिकालाई कर छलेको आरोपमा अमेरिका मै १८ महिना जेल बसेका, १९९५ मै बेलायत प्रवेशमा रोक लगाइएका, जेठी श्रीमति छोडेर २३ वर्ष कान्छी आफ्नै चेली बिहे गरेका, कम्युनिस्ट विरोधी, कम्युनिस्टलाई सैतानको आरोप लगाउने , संसारमै विवादित दक्षिण कोरियाली आइएनजिओ एसिया प्यासिफिकका प्रमुख मुनले भनेको मानेर सरकारले एउटा आइएनजिओको कार्यक्रमको आयोजना गरिदिएर यस्तो विवादित कार्यक्रममा अग्रसरता जनाउनु एकदमै दुःखको कुरा हो । यसको हिसाव किताव समयले जरुर माग्नेछ । ’

