चार मुक्तक

पार्वती पराजित

​मुक्तक १

​चाडपर्व, मेलापात, रमझम सँगै हाटमा छैनन्
बाल्यकालमा खेलेको झुप्रो घरको खाटमा छैनन्
बुढेसकालमा सहारा होलान् भनी जन्माएका सन्तान
कहाँ पुगे आज बाबुआमाको लाससँगै घाटमा छैनन्

​मुक्तक २

​छत्रछायामा छाइरहन्छौ खबर सोध्नलाई
सपनीमा पनि धाइरहन्छौ खबर सोध्नलाई
तिमीले पराई सम्झियौ र पराई भइदिए म
फेरी किन आइरहन्छौ खबर सोध्नलाई

​मुक्तक ३

​यस्तै-यस्तै मानेर डर भनेकै त हो
जे पनि हुन सक्छ नपर भर भनेकै त हो
फेरि किन दोष दिन्छौ धोका दियौ भनी
मैले त जे मन लाग्छ त्यही गर भनेकै हो

​मुक्तक ४

​भन्दिनँ म पहिले सम्झिएकी छैन
त्यो दिनदेखि चाहिँ कहिल्यै सम्झिएकी छैन
मलाई किन सम्झिन्नौ भनिरहन्छौ नि तिमी
आजकाल आफैलाई त मैले सम्झिएकी छैन

यसमा तपाइको मत

अन्य समाचार