नेपालका कम्युनिस्टहरु जब सत्ता र शक्तिमा जान्छन् अनि अहङकार घमण्ड फुट र विभाजित हुन्छन् ? सत्तामा गएपछि कम्युनिस्ट नेताहरुमा छुट्टै वर्ग जन्मिन्छ । जीवनशैली नै बदलिदिन्छन् । जुन वर्गको लागि राजनीति गर्छन् त्यो वर्ग नै भुलिदिन्छन्, बिडम्बना छ ।
सत्तामा बस्नेहरुले आफू आकाशमा र अरु सबै झारपात सम्झने लामो इतिहास भन्नै पर्दैन । २०६४ मा माओवादी पार्टीले एक्लै १२१ प्रतक्ष सिटमा जनताले जिताए । जब माओवादी पार्टी सरकामा गयो । तब माओवादीमा मोहन बैद्य लगायतका नेताहरुले पार्टी फुटाउनु भयो । प्रचण्ड गद्दार भनेर प्रचण्डको पुत्ला जलाउन पनि पछि पर्नु भएन । बिरोधको नाममा सबै गर्नु भयो ।
७० को चुनाब बहिष्कार गर्नु भयो । खोजी खोजी माओवादी कार्यकर्ता माथि आक्रमन गर्नु भयो । पार्टी एकता पछि ०७४ को चुनाबपछि धेरै नेताहरु अहिले सत्ता र शक्तिमा हुनुहुन्छ । तर २०७० मा त्यो जनमत गुम्यो ।
२०७४ मा नेकपा एमाले र माओवादी केन्द्रलाई करिब दुईतिहाई मत जनताले दिए । पार्टी एकता पनि भयो र दुइतिहाईको सरकार पनि बन्यो । तर यो सरकार पनि ३ वर्षमै गुम्यो । बिचित्रै भयो । २ पटक संसदलाई मारियो । नेकपालाई अदालतले माओवादी केन्द्र र नेकपा एमालेलाई विभाजन गरिदियो । त्यति मात्रै होइन एमाले पनि विभाजन भयो ।
केन्द्रदेखि प्रदेशका सरकार सबै गुमायो । अनि फेरि कमरेडहरुले एकले अर्कोलाई सत्तो सराप गर्ने र आउने चुनाबमा दुईतिहाई मत ल्याउने रे !
अच्चम लाग्छ, यस्तो किन हुन्छ ? यसको समिक्षा हुनु भन्दा पनि घमण्ड, अहङ्कार तुच्छ भाषा र ब्यवहारले गर्दा दिक्क लाग्छ । भोली कुनै बेला पार्टी एकैठाउँमा हुनपनि सक्छ । त्यसकारण भेट्दा हार्दिकताका साथ बोल्दा के हुन्छ र ? सत्ता भन्ने चिज के रहेछ यस्तो ?
यस्तै यस्तै कुराले धेरै कार्यकर्ताको मन जलिरहेको छ । पार्टी फुट्नु देश र जनताको लागि त्यति राम्रो होइन के माओवादी केन्द्र ०६४ सालको अवस्थामा जाला त ? नेकपा एमालेको ०७४ को म त सुरक्षित होला ? मेरो जिज्ञासा ?




