जनकवि दुर्गालाल श्रेष्ठकाे ९१ वर्षकाे उमेरमा निधन

काठमाडौं । नेपाली र नेपाल भाषाका वरिष्ठ कवि दुर्गालाल श्रेष्ठ (ख्वबिलु)को ९१ वर्षको उमेरमा निधन भएको छ । उनको आइतरबार राति आफ्नै निवास बूढानीकण्ठमा निधन भएको परिवारजनले बताएका छन् ।
शव श्रद्धाञ्जलीका लागि भोलि नेपाल भाषा मंकाः खलः मा राखिने र भोलि नै शोभाभवगतीमा परम्परा अनुसार दाहसंस्कार गरिने जनाइएको छ। उनका श्रीमती, एक छोरी र दुई छोरा छन्।

विसं १९९२ साउनमा जन्मिएका श्रेष्ठ लामो समय क्षेत्रपाटीस्थित कन्यामन्दिर विद्यालयमा अध्यापन गराएका थिए। कवि श्रेष्ठको पहिलो रचना सान्त्वना कविता धर्मोदय पत्रिकामा प्रकाशित भएको थियो ।

उनले २०६० सालमा नेपाल भाषा परिषद्द्वारा ‘जनकवि’को उपाधि हासिल गरेका थिए । साहित्यकार श्रेष्ठ २०६१ सालमा नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको प्रज्ञा–सभासद् भएका थिए।

यसमा तपाइको मत

अन्य समाचार