विद्यार्थीहरुले गरे आयल निगम घेराउ 

२०८३ भदौ २६

काठमाडौँ। खाना पकाउने ग्यासको अभाव चर्किएपछि विद्यार्थीहरूले शुक्रबार आयल निगमको मुख्यालय घेराउ गरेका छन्। उनीहरूले आयल निगमले ग्यासको मूल्य बढाए पनि बजारमा सहज उपलब्धता नभए पछि आयल निगमको मुख्यालय अगाडी प्रदर्शन गरेका हुन्।

उनीहरूले “घरमा हाम्रो बास छैन किनभने ग्यास छैन” तोरी सरकार, ग्यासको हाहाकार , दुईतहाईको सरकारको सुशासनको गफ, महंगी, भ्रष्टाचार र ग्यासको संकट , लगायतका नारा लगाउँदै थाल र खाली ग्यास सिलिन्डर सहित प्रदर्शन गरेका थिए।

आयल निगम भने पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सडक क्षतिग्रस्त भएपछि नियमित ढुवानी प्रभावित भएको बताउँदै आएको छ । बाटो अवरुद्ध भएसँगै  वैकल्पिक मार्गबाट ग्यास ल्याउने व्यवस्था गरिएको निगमले दाबी गर्दै आएको छ।

सडक नियमित सञ्चालनमा नआएसम्म तराईका उद्योगमा सिलिन्डर भरेर वैकल्पिक मार्ग हुँदै उपत्यकामा ग्यास ल्याउने व्यवस्था गरिएको छ। तर बजारमा देखिएको द‌ृश्य भने आपूर्ति तथ्यांकअनुसार सहज छैन।

यसमा तपाइको मत

अन्य समाचार