सुरक्षामा खटिएका प्रहरीले नै स्वास्थ्यचौकी इन्चार्जमाथि कुटपिट गरे

संकल्प न्यूजडेस्क

बझाङका स्वास्थ्यकर्मीमाथि नेपाल प्रहरीले गरेको कुटपीटप्रति स्वास्थ्यकर्मी संघ र जनस्वास्थ्यकर्मी संगठनले आपत्ति जनाएका छन् । बझाङ जिल्ला जयपृथ्वी नगरपालिका ३ स्थायी घर भई हाल तलकोट गाउँपालिका १ सुनिकोट स्वास्थ्यचौकीमा इन्चार्जको जिम्मेवारीमा रही काम गरिहेका नरजीत खड्कालाई मोटरसाइकबाट कोठामा जाँदै गर्दा प्रहरीको कुटेको समाचारमा जनाइएको छ ।

खड्कालाई असई अमरसिंह भन्डारीको कमाण्डमा रहेको प्रहरी टोलीले खड्काको मोटरसाइकल रोकी धम्की दिने र कुटपीट समेत गरेको जनस्वास्थ्यकर्मी संघ र जनस्वास्थ्यकर्मी संगठनद्धारा जारी संयुक्त विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा सार्वजनिक सुरक्षाको जिम्मा लिई जनताको जीउधनको सुरक्षा ािनुपर्ने ठाउँमा सुरक्षानिकायकै मान्छेले यसरी कुटपीट गरिएको भन्दै घटनाको भ्रत्सना गरिएको छ ।

बझाङमा पछिल्लो समयमा चोरी, डकैती र हिंसाका घटना बढिरहेका बेला जनताको जीउज्यानको सुरक्षा दिनुपर्नेमा उल्टै प्रहरीबाट जनताले असुरक्षित हुनुपरेको भन्दै यस्तो कार्य तत्काल रोक्न सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार