हावाहुरीबाट बारा र पर्सामा घाईते भएकाहरुको उपचारको लागि रगतको कमी नहोस भनेर काठमाण्डौमा रगत संकलन गरिने भएको छ । काठमाडौंको नयाँबानेश्वरमा मंगलबार बृहत रक्तदान कार्यक्रमको आयोजना हुने भएको हो । महानगरीय प्रहरी प्रभाग नयाँबानेश्वर र सूर्यखबर डटकम लगायतको आयोजनामा रक्तदान कार्यक्रम गरी रगत संकलन गरिने संयोजक बाबुराम आचार्यले जानकारी दिए ।
आईतबार हावाहुरीका कारण तीन दर्जनभन्दा बढीको निधन भईसकेको छ भने सयौंको संख्यामा घाईते भएका छन । यसै अवस्थालाई मध्यनजर गर्दै राजनीति नजोडीकन मानवीय सहयोगको रुपमा रक्तदानमा सहभागी हुन संयोजक आचार्यले अपिल समेत गरेका छन् ।
स्वास्थयकर्मीको टोली प्रदेश नम्बर २ को घटनास्थल पुगिसकेको छ भने रगतको अभावलाई टार्न युवाहरु संस्थागत र ब्यक्तिगतरुपमा पनि लागिपरेहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा लगायतले हावाहुरी स्थल भ्रमण गरिसकेका छन् भने प्रदेश नम्बर २ सरकारले मृतकका परिवारलाई प्रतिपरिवार रु ३ लाख सहयोग गर्ने बताईसकेको छ ।
रक्तदान गर्न ईच्छुकले सम्पर्क कार्यक्रम संयोजक–बाबुराम आचार्य, ९८५१०२७२८३, महानगरिय प्रहरी प्रभाग प्रमुख, गोबिन्दराज काफ्ले, ९८५१२८११४६ लाई सम्पर्क गर्न सक्ने जनाईएको छ ।




