डा. गोविन्द केसी औषधी सहित पुगे हावाहुरी पीडित बस्तीमा

संकल्पन्यूज डेस्क

डा. गोविन्द केसी हावाहुरी प्रभावित बारा जिल्ला पुगेका छन् । हावाहुरीबाट घाइतेहरूको उपचार गर्न केसी बाराको फेटास्थित पुरनियाँ गाउँ पुगेका हुन् ।

अब उनले त्यहाँ स्वास्थ्य शिविर चलाउने छन् । शिविरसँगै पीडितलाई लत्ताकपडा र खाद्यान्न वितरण गर्नेछन् । केसी सोमबार रात्रीबस चढेर एक्लै बारा हिँडेका थिए ।

उनले विभिन्न प्रकारको औषधी बोकेका छन्। फेटा बाराको सबैभन्दा बढी हावाहुरी प्रभावित ठाउँ हो । केसीले सो क्षेत्रमा मंगलबार दिनभरि शिविर चलाउने भएका छन् ।

उनले हाडजोर्नी सम्बन्धी औषधी बढी बोकेका छन् । यस्तै, सिटामोल, पारासिटामोल लगायत विभिन्न प्रकारका औषधी वितरण गर्ने छन् ।

यसमा तपाइको मत

अन्य समाचार