तौल घटाउन नियमित सुप पिउनुहोस

पत्रपत्रिकाबाट

सुप पिउँदा मानिस स्वस्थ हुन्छ तर तपार्ई यसको अरु फाइदा पनि जानकारी भयो भने तपाईं निरन्तर रुपमा सुप पिउनुहुन्छ । अनुसन्धानकर्ताहरुले सुप पिउँदा धेरै छिटो तौल घट्ने बताएका छन् ।

शरीरको तौल घटाउन कम क्यालोरीका तरल खानेकुराले धेरै सहयोग र्पुयाउ छ । तपाईंलाई आफ्नो तौल बढेको महसुस भएपछि कम क्यालोरीयुक्त सुपहरु पिउन सुरु गर्नुहोस् ।

सुप पिउँदा ८ सय क्यालोरी प्रतिदिन लिँदा चार महिनामा १० प्रतिशत तौल कम हुन्छ । लगातार तौल घट्दै जाँदा ६९ प्रतिशत कम भएमा भने सुप पिउन रोक्नुपर्छ ।

तौल घटेपछि रक्तचाप, कोलेस्ट्रोलहरु सन्तुलनमा आउँछन र तपाईं स्वस्थ हुनुहुन्छ । यस अध्ययनमा डेनमार्कको अस्टियोअर्थराइटिसका १ सय ५३ जना मानिस सहभागी थिए ।

उनीहरुलाई १६ हप्तासम्म कम क्यालोरी भएको झोलयुक्त खानेकुरा दिइएको थियो । प्रयाप्तमात्रामाजसबाट १३ प्रतिशतसम्म तौल घटेको थियो। यो प्रक्रियालाई तीन वर्षसम्म निरन्तरता दिँदा ६९ प्रतिशत तौल कम भएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार