११ विद्यार्थी संगठनको आयोजनामा भइरहेको ‘५५औं विद्यार्थी एकता दिवस तथा विरोधसभा’ स्थल शान्ति बाटिकाबाट अखिल (क्रान्तिकारी)का विद्यार्थी नेताहरु प्रेम शाही, मदन चन्द र नरेश्वर वुमीलाई गिरफ्तार गरिएकोप्रति भ्रत्सना गरेका छन् ।
ती विद्यार्थि संगठनले गिरफ्तार गरिएकाहरुलाई तत्काल रिहाइको माग गरेकाछन् । उनीहरुले सरकारका यस्ता खाले गतिविधिको विरुद्धमा उत्रन सम्पूर्ण विद्यार्थीहरुलाई अपीलपनि गरेका छन् ।
११ विद्यर्थी संगठनले त्रि.वि. सेवा आयोगको अनियमितताको सवालमा सरकार गम्भीर एवं इमानदार भई पारदर्शी ढंगले प्रस्तुत हुनुको सट्टा गत वैशाख ३० गते हेमराज थापा लगायतका विद्यार्थी नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तार गरिएकोप्रति पनि घोर विरोध एवं भत्सर्ना गरेका छन् ।




