गिरफ्तार नेता छुटाउन विप्लव निकट विद्यार्थीले घोषणा गरे संघर्षका कार्यक्रम

संकल्पन्यूज डेस्क

विप्लव नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले सरकारले आफू समर्थक पार्टीलाई प्रतिबन्ध लगाएपछि विभिन्न आरोपमा गिरफ्तार गरिएका विद्यार्थी नेताहरुलाई तत्काल रिहा गर्न माग गरेको छ ।

सो संगठनका केन्द्रीय अध्यक्ष चिरञ्जीवि ढकालले आज एक विज्ञप्ति मार्फत बिना कारण गिरफ्तार आफ्नो संगठनका नेताहरुलाई रिहा नगरे कडा संघर्षमा जाने चेतावनी पनि दिएका छन् । विज्ञप्ति मार्फत ढकालले संघर्षका कार्यक्रम पनि सार्वजनिक गरेका छन् ।

सो संगठनले सार्वजनिक कार्यक्रमहरुमा आगामी जेष्ठ ३० र ३१ गते देशव्यापीरुपमा विद्यालय, क्याम्पस र विश्वविद्यालयहरुमा अन्तरकृया गर्ने,विरोध कार्यक्रम।

विरोधका पर्चा वितरण, राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी, हस्ताक्षर संकलन, भण्डाफोर तथा कोणसभा गर्ने, असार १,२ र ३ गते जुलुस प्रदर्शन गर्ने,असार ४ गते क्याम्पस अगाडी एकघण्टा चक्काजाम गर्ने, साथै असार ६ गते गैह्रन्यायीक गिरफ्तार गरिएका जिल्लाहरुमा शैक्षिक हड्ताल गर्ने रहेका छन् ।

त्यसैगरी माथि उल्लेखित संघर्षका कार्यक्रमबाट पनि नेताहरु रिहा नभए ७ गतेबाट अर्को चरणको कार्यक्रम घोषणा गर्ने रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार