कक्षा १० को परिक्षाफल प्रकाशित, कति पास भए ?

सानोठिमी । कक्षा १० को परिक्षाफल आज प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालमा लिएको एसईई परीक्षाको परीक्षाफल प्रकाशित भएको जनाएको छ । पत्रकार सम्मेलन मार्फत राष्ट्रिय परीक्षा बोर्डले बिहीबार परीक्षाफल सार्वजनिक गरेको हो ।

यसवर्षको एसइई परीक्षामा देशभरबाट कूल ४ लाख ५० हजार २७५ परीक्षार्थी सहभागी भएका थिए । यस वर्ष एसईईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् ।

यसमा तपाइको मत

अन्य समाचार