गर्मीका बेला उखुको रस पिउनुका फाइदा धेरैछन् । गर्भवती महिलाका लागि त यो उत्कृष्ट पेय पदार्थ हो । यो डिहाइड्रेसनबाट बचाउन रामबाणसिद्ध हुन्छ । एनिमिया, क्यान्सर लगायतका रोगमा पनि उखुको रस लाभदायी हुन्छ । तर यसको अर्थ उखुको रस हरसमय फाइदाजनक हुन्छ भन्ने होइन ।
उखुको रस कहाँ पाइन्छ भन्ने कुराबाट पनि लाभ र हानी तय हुन्छ । तपाईं उखुको रसको सौखिन हुनुहुन्छ भने पाएसम्म पिउनुहुन्छ । तर फलफुल पसल र रस पेल्ने मेसिन कत्तिको सफा छ भन्नेमा पनि ध्यान दिनुपर्छ । पसलमा झिंगा भन्किइरहेको हुन सक्छ । त्यस्तो स्थानमा सकेसम्म जुस पिउनुहुन्न ।
सम्भव छ भने पेलेको उखु कत्तिको स्वस्थ छ भन्नेमा ध्यान दिनुपर्छ । सडेको उखुले स्वास्थ्यमा फाइदाको साटो हानी गर्न सक्छ । यस्तो उखुले पेटको समस्या पनि पैदा गर्न सक्छ । किरा लागेको उखुको जुस परेको छ भने बान्ताजस्ता समस्या निम्तन पनि सक्छन् ।
उखुको रस ताजा पिउने हो भनेमात्र फाइदा हुन्छ । यदि फ्रिजमा राखेको जुस छ भने हानी हुन्छ । बासी जुसमा झिंगा पनि बसेको हुन सक्छ । किरा लागेको हुनसक्छ । यसले पसलबाट उखुको जुस खानुछ भने तत्काल पेलेको ताजा जुसमात्र पिउनुस् ।
उखुको रसमा अन्य जुस मिलाइएको छ छैन भनेर याद गर्नुपर्छ । उखुको रसमा कुनै फल या तरकारी मिसाइएको हुनुहुन्न । कयौं पसलमा जुसका साथ पानी पनि मिसाइएको हुन्छ। यद्यपि पानी मिसाउनु त्यति हानिकारक होइन । तर स्वादमा भिन्नता आँउछ । उखुको रस स्वादिलो हुन्छ ।
पिउने हो भने जति पनि पिउन सकिन्छ । झट्ट हेर्दा यसबाट कुनै नोक्सानी हुदैंन । तर धेरै पिउनु गलत हो । विशेषज्ञका अनुसार एक दिनमा दुई गिलासभन्दा बढी उखुको रस मिसाउनुहुन्न । यदि जण्डिस छ भने मात्रा बढाउन सकिन्छ । धेरै उखुको रसले नोक्सानी र्पुयाउन सक्छ ।
सडकमा राखिएको मेसिनमा पेलेको रस पिउँदा संक्रमण हुने खतरा हुन्छ । किनभने त्यो फोहोर हुन्छ र धुलोमाटोयुक्त हुन्छ । यस्तो जुस पिउँदा पेटमा समस्या पनि हुन सक्छ । उखुको रस पेल्ने मेसिन चलाउन प्रायजसो विशेष किसिमको तेल प्रयोग हुन्छ । यदि यस्तो तेल पेटमा गयो भने त्यसको नराम्रो असर पर्न सक्छ । मेसिनमा तेल प्रयोग कम गरिएको स्थानमा बनाइएको रसमात्र पिउने गर्नुपर्छ ।




