काम कुरो एकातिर,…फेसबुक खोल्यो की ‘टिकटक’

संकल्पन्यूज डेस्क

टिकटक बारे गाउँका गाउँले जनतालाई त्यतिधेरै थाहा नहोला । तर शहरीया प्रायःसबैलाई थाहा छ । सामाजिक सञ्जालमा टिकटक गर्नेहरुको लर्कोपनि देख्न पाइन्छ । युवा–युवतीहरु नै बढी यसमा झुम्मिएको देखिन्छ ।

जमाना इन्टरनेटको छ । यसकै माध्यमबाट फेसबुक, म्यासेञ्जर, भाइबर इन्स्ट्राग्राम आदी चलाउने गरिन्छ । उसो त आज–भोली इन्टरनेटबिना कोहीपनि एकछिन रहन नसक्ने भइसकेको छ । यसो कुनै नयाँ समाचार आयो की भनेर फेसबुक खोल्यो, खोल्दा बित्तिकै कि टिकटक गरेको, कि मान्छे मरेको, कि जन्मदिन मनाएको आदी–आदी देख्न पाइन्छ ।

इन्टरनेटको जमाना आफैमा नराम्रो त होइन तर यसको बढि प्रयोगबाट उत्पन्न विकृतिले भने जरो नै गाडेको छ । यसैलाई व्यङ्ग्य गर्दै कलाकारहरुले पनि तिखो प्रहार गरेका छन् । आफ्नो काम नै छोडेर टिकटकमा रमाउने विकृति विरुद्धको विरुद्ध कलाकारले पनि ब्यङग्यत्मक झटारो हानेका छन् ।

म्युजिक ल्याब प्रालिको प्रस्तुति विनोद ढकाल र बिमला कुमालको तिज गीत टिकटक गरम आऊ, लय र शब्दः विनोद ढकाल, स्वरः विनोद ढकाल र बिमला कुमाल, अभिनयः पवन खतिवडा(म्याकुरी), शुशिला निरौला( बिम्ली), रोमा बिष्ट,बिनोद अधिकारी, प्रकाश कटुवाल,राजु बोहरा,

अरुण रेग्मी,लक्ष्मण श्रेष्ठ,कोपिला अधिकारी,बिकल्प ढकाल, मोहन श्रेष्ठ,दिपक भुजेल,विपीसुवेदी,सर्जु श्रेष्ठ तथा साथिहरुको अभिनय सो गीतको म्यूजिक भिडियोमा देख्न सकिन्छ । गीतको परिकल्पना विनोद ढकालले गरेका हुन् भने निर्देशन लक्ष्मण श्रेष्ठ, क्यामेरामा रामकृष्ण चौलागाईं र सम्पादन रोशन धितालको रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार