सदाबहार गायिका शर्मिला गुरूङले यसवर्ष पनि तीज गीत ‘भाग्य’ लिएर दर्शक तथा श्रोता माझ आएकी छिन् । समाजको यथार्थ चित्रण र चेलीहरूको कारूणिक भाव व्यक्त भएको यस तीज गीतको शब्द, संगीत, स्वर शर्मिला गुरूङकै रहेको छ ।
स्वरमा जतिकै लोकप्रियता र ख्याति छ उतिकै सृजनामा पनि उनको दरिलो उपस्थित भएको कुरा उनका हरेक मौलिक एवम् कालजयी सृजनाले प्रस्ट पार्दछन् । जब तीज नजिकिन्छ तब आफ्नो मात्र नभएर नेपाली समाजकौ सन्देश बोल्ने सृजना लिएर दर्शक श्रोता समक्ष आउने गर्छिन शर्मीला ।
यस गीतमा अझ रोचक विषय त के छ भने शर्मिलाले आफ्नो आमालाई भिडियोमा आमाकै रूपमा देखाएकि छिन् भने म्यूजिक भिडियोमा शर्मिला आफू सहित गायत्री थापा, लगायत अन्य कलाकारहरूको अभिनय देख्न सकिन्छ । म्यूजिक भिडियोको निर्देशन प्रकाश भट्टले गरेका हुन् भने छायाङ्कन राजेश घिमिरे र सम्पादन विष्णु शर्माले गरेका हुन् ।
गीतको अडियो प्रिज्म डिजिटलमा रेकर्ड गरिएको हो भने एरेञ्ज चाहीँ चर्चित संगीतकार बिबी अनुरागीले गरेका हुन् । साथै अडियो सम्पादन श्यामश्वेत रसाइलीले गरेका हुन् ।




