शैक्षिक संस्थामा कालो ब्यानर, यस्तो छ कारण

अखिल (क्रान्तिकारी)ले रुपन्देही, नवलपुर, अर्घाखाँची र पाल्पालगायत विभिन्न जिल्लामा एकसाथ ७ नीजि शैक्षिक संस्तामा कालो ब्यानर टाँगेको छ । शिक्षामा भएको माफियाकरणको विरुद्ध विरोधस्वरुप ब्यानर टागिँएको सो संगठनले जनाएको छ ।

माफियाहरुलाई सामाजिक बहिष्कार गरौं भन्ने नारासहित कालो ब्यानर ती शैक्षिक संस्थाहरुमा राखिएको छ । संगठनले शैक्षिक माफियाद्वारा सञ्चालित कलेज र स्कुल बहिष्कार गर्नुपर्नेमा जोड दिएको छ ।

खैरेनी देवदह, सञ्जीवनी नर्सिङ कलेज, नमस्ते एकेडेमी तिलोत्तमा, न्यू एकेडेमी इङ्लिस बोर्डिङ सैनामैना, मुकन्दसेन इङ्लिस बोर्डिङ स्कुल गैँडाकोट नवलपुर, अक्सफोर्ड इन्जिनियरिङ कलेज गैडाकोट नवलपुर र सेन्ट जोसफ इङ्लिस बोर्डिङ स्कुल देबचुलीमा ब्यानर टाँगिएको हो ।

शैक्षिक माफियाहरुलाई सामाजिक बहिष्कार गर्नुपर्ने कारणसहित संगठनले ब्यानर टाँगेको अखिल (क्रान्तिकारी)का ब्युरो संयोजक वीरेन्द्र विकले बताए ।

माफियाद्वारा संचालित शैक्षिक संस्थाहरु र सञ्चालकको सूचीः

१) अर्घाखाँची माध्यामिक बो. स्कुल सन्धिखर्क अर्घाखाँचीः श्रीकृष्ण भुसाल
२) सञ्जिवनी नर्सिङ कलेज रुपन्देहीः खोमा अर्याल मेडिकल माफिया
३) नमस्ते एकेडेमी तिलोत्तमा रुपन्देहीः बिष्णु भुसाल
४) न्यु एकेडेमी इ.बो. सैनामैना रुपन्देहीः चित्रबहादुर कार्कीको (सैनामैनाको मेयर) लगानी भएको ।
५) मुकन्दसेन इ. बो. स्कुल गैँडाकोट नवलपुरः राजेन्द्र पौडेल
६) अक्सफोर्ड इन्जिनियरिङ कलेज गैडाकोट नवलपुरः हरि रोका
७) सेन्ट जोसफ इ.बो. स्कुल कावासोति ११ कउरेलि नवलपुरः शिवप्रसाद देवकोटा

यसमा तपाइको मत

अन्य समाचार