जनयुद्ध लडेका कलाकारले ल्याए नेतालाई तह लगाउने तीज गीत

संकल्प संवाददाता

दियौ तिम्ले समृद्धीका नारा
तिम्रैपछि लागे जनता सारा
जनतालाई कति भुलाउँछौं
पोहरपनि भन्थ्यौ गर्छौं विकास
अहिलेसम्म भएन
तीजका भाका गाम अब हिँड नाच्न जाम

तिजको माहौल आउनै लाग्दा गीत–संगीतको बजारमा हजारौंका संख्यामा तीजका गीतहरु बजेको सुन्न पाइन्छ । ती गीतहरुमा नेपाली कला, गला र परम्परा झल्किनु स्वभाविकै हो । विदेशी संस्कार र संस्कृतिले नेपाली संस्कृति खर्लप्पै ानै लागको यो सकसपूर्ण अवस्थामा चाडपर्वको बेला मात्र भएपनि सुन्न पाइने यस्ता गीत–संगीतले नै नेपाली कला र संस्कृति बचाइरहेका छन् भन्दा फरक नपर्ला ।

सहरका डान्स र बारहरुमा गाइने र्याप,पप र नाचिने डिस्को नाचले पुरै नेपाली युवा–युवती र हाल त केटाकेटीको पनि मन पुरै उतै तानेको यो विजोगपूर्ण अवस्थामा महिनैपिच्छे आउने नेपाली चाड र पर्वहरुले नै यहाँको परम्परा धानिरहेका छन् ।

रेडियो, टिभी, अनलाइन टिभी र सामाजिक सञ्जालहरुमा व्यापकमात्रामा तीजका गीतहरु घन्किरहेका बेला दाङका कलाकारहरुले पनि यसपटक तीजकै लयमा फरक सन्देश सहितको तीज गीत आफ दर्शक तथा श्रोतामाझ पस्किएका छन् । जनतालाई कति भुलाउँछौं बोलको गीतमा नयाँदेखि जनयुद्धमा समेत कलाकारको भूमिका निभाएका कलाकारहरुलाईपनि देख्न सकिन्छ ।

गीत्का शब्दहरु छवि परियारले लेखेका हुन् भने गीतको शब्द र संगीत जनवादी कलाकार राधिका परियारको रहेको छ । राजनीतिक र सामाजिक चेतनामूलक सो गीतको म्युजिक भिडियोमा माओवादी जनयुद्धमा आधारित चलचित्र लालसलाम मा नायीकाको भूमिका निभाएकी जनवादी कलाकार प्रेमा अधिकारी र अन्य कलाकारहरुको अभिनय रहेको छ ।

गीतमा राधिका परियार,लक्ष्मी कार्की र अमरनाथको सुमधुर स्वर रहेको छ भने म्यूजिक भिडियोको निर्देशन लोकेन्द्र शाहले गरेका छन् । म्यूजिक भिडियोको बजार व्यवस्थापन रक्षा म्यूजिक प्रालिको गरेको छ ।

गीतमा समृद्धीको नारा लगाएर जनताको काम नगर्ने नेतालाई ब्यङ्ग्य गरिएको छ । गीत मार्फत नेतालाई जनतासाकु गरेका बाचा पुरा गर्न खबरदारी गरिएको छ । साथै गीतमा नेताहरुले भने भर्खरमात्र देशमा विकासको लहर सुरु भएको बताएका छन् ।

यसमा तपाइको मत

अन्य समाचार