धौलागिरी इङ्लिस बोर्डिङ स्कूलमा तीज तथा दरखाने कार्यक्रम सम्पन्न

संकल्प संवाददाता

बाग्लुङको बाग्लुङ नगरपालिका ४ उपल्लाचौरस्थित धौलागिरी इङ्लिस बोर्डिङ स्कूलमा २०७६ सालको तीज तथा दरखाने कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयको आयोजनामा भएको कार्यक्रममा तीज नृत्य प्रतियोगिता तथा अन्य विविध साँस्कृतिक कार्यक्रम पनि सम्पन्न गरिएको छ । प्रमुख अतिथि भीमबहादुर केसीले गमलामा पानी राखेर कार्यक्रमको उद्घाटन गरेका थिए भने कार्यक्रमको अध्यक्षता विद्यालयका प्रिन्सीपल सन्दीप कार्कीले गरेका थिए ।

अविभावकहरुको समेत उल्लेख्य सहभागिता रहेको कार्यक्रममा विद्यार्थीहरुको सांगीतिक प्रस्तुतीले मनोरञ्जन प्रदान गरेको थियो । कार्यक्रममा अतिथिहरु र अविभावकको तर्फबाट शुभकामना मन्तव्य राखिएको थियो । कार्यक्रममा तीज नृत्य प्रतियोगितामा उत्कृष्ट हुनेहरुलाई पुरस्कार तथा सम्मान गरिएको थियो ।

सो अवसरमा समापन मन्तव्य दिँदै प्रिन्सीपल कार्कीले विद्यालयले आयोजना गरेको कार्यक्रमले अविभावक र विद्यालयबिचको सम्बन्धलाई थप बलियो बनाउँदै लैजाने भन्दै आगामी दिनहरुमा पनि विद्यालयले यस्तै सहयोग र हौसलाको अपेक्षा गरेको बताए ।

तीज पर्व मार्फत समाजमा एकता र भातृत्वको थप विकास गर्ने उद्धेश्यले आयोजना गरिएको कार्यक्रमको सञ्चालन शिक्षक अनुप सुवेदी र शिक्षिका हेमा खड्काले गरेका थिए ।

यसमा तपाइको मत

अन्य समाचार