काठमाण्डौं, कात्र्तिक
बिजि बर्मा फिल्मस्को ब्यानरमा नेपाली कथानक चलचित्र “मेरो दिल छ पोखरामा“को अहिले पोष्ट प्रोडक्सन भैरहेको निमार्ण पक्षले बताएको छ ।
कला राईको प्रस्तुती र शंकर अधिकारी ‘घायल’को लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र “मेरो दिल छ पोखरामा“ मा युवा युवती विचको प्रेम र रोमान्सलाई समेटेर बनाइएको चलचित्रका निर्देशक अधिकारीले बताए ।
“मेरो दिल छ पोखरामा“को कथावस्तुमा चलचित्र भित्रकै कथालाई उठाएको छ । चलचित्र बन्दा के कस्तो हुन्छ ? कसरी बन्छ ? भन्नेबारेमा केही चिरफार गर्ने प्रयास गरिएको छ । यस चलचित्रमा रञ्जु रञ्जना र राजु पौड्याल, ध्रुबसिंह तामाङ, कला राई ,दीपक राई, गंगा कुवँर, लक्ष्मी श्रेष्ठ, हेमलता घिमिरे र विशाल सुनुवारको अभिनय रहेको छ । 
गायक सिडि बिजय अधिकारी, पुष्कर सुनुवार, शंकर अधिकारीको संगीतमा दिपेन्द्र खड्का र अधिकारीको गीत, नित्याशिवा, सिडि बिजय र ममता रानाको स्वर रहेको छ । रामकृष्ण कडेँलको छायाँकन, देव महर्जनको द्वन्द, राजन महर्जनको नृत्य र लक्ष्मण भण्डारीले सहायक निर्देशक छन । चलचित्रलाई आगामी पौष ११ लाई रिलिज गर्ने मिति तोकेर धमाधम पोष्ट प्रोडक्सनको काम भैरहेको जनाइएको छ ।




