मातृभाषा दिवसको अवसरमा अभियन्ताहरुलाई सम्मान गरिने

संकल्प संवाददाता

अन्तराष्ट्रिय मातृभाषा दिवसको अवसरमा नेपाल भाषा अभियन्तालाई सम्मान गरिने भएको छ ।
काठमाडौंस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा स्नातक तहमा नेपाल (नेवारी) भाषा विषय पुनःस्थापना गरी कक्षा सञ्चालन गराउन सफल भएका नेपाल भाषा अभियन्ताहरुलाई एक  कार्यक्रमको आयोजना गरी आइतबार सम्मान गरिने भएको छ ।

मातृभाषा शैक्षिक अभियान अन्र्तगत अभियन्ताहरुलाई सम्मान गरिनुका साथै वि.सं २०७४ सालमा बी.ए. प्रथम बर्षमा नेपाल भाषा विषयमा सर्वाेकृष्ट अंक ल्याई सफल भएका विद्यार्थीलाई शशिदेवी (हःपाः सिरपाः) प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ ।

यसमा तपाइको मत

अन्य समाचार