लमजुङका दिलबहादुरले ३ घण्टा नाचेर गिनिज बुकमा नाम लेखाए

जर्मनका नागरिकले २ घण्टा २७ मिनेट नाचेर राखेको विश्व रेकर्डलाई पछि पारेका छन् ।

संकल्प संवाददाता

नेपालका दिलबहादुर मगरले लगातार ३ घण्टा नाचेर विश्व रेकर्ड कायम गरेका छन् । शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रममा लमजुङ दोर्दी गाउँपालिका ९ हिलेटक्सारका स्थायी बासिन्दा मगरले ३ घण्टा मुनवाक डान्स गरेर गिनिज वल्र्ड २०२० मा आफ्नो नाम लेखाउन सफल भएका हुन् । राति ८ः१५ बाट सुरु भएको नाच ११ः२० मा सकिएको थियो । उनले यसअघि जर्मनका नागरिकले २ घण्टा २७ मिनेट नाचेर राखेको विश्व रेकर्डलाई पछि पारेका छन् ।

शुक्रबार राति ११ः १५ बजे निर्णायक मण्डलले उनले विश्व रेकर्ड कायम गरेको घोषणा गरेका थिए । अब उनको नाम गिनिज बुकमा लेखाउनको लागि रेकर्डेड सामाग्री सम्बन्धित निकायमा पठाइने छ । काठमाडौंको मनमैजुस्थित एञ्जल्स हर्ट स्पोर्टस् एकेडेमीमा सम्पन्न भएको कायर्यक्रममा सयौं दर्शकहरु सहभागि थिए ।

कार्यक्रममा निरीक्षकको जिम्मेवारीमा रहेका साहित्यकार डा सैलेन्दुप्रकाश नेपालले नेपालको तर्फबाट नाचेर गिनिज बुकमा नाम लेखाउन पाएको सम्पूर्ण नेपालीको छाति गर्वले फुलेको धारणा राखे । कार्यक्रम ब्यवस्थापनको तर्फबाट बोल्दै सात्यिकार रत्नप्रसाद अनामणि श्रेष्ठले विश्व रेकर्ड कायम गर्ने कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै दिलबहादुरको आगमी दिनहरुपनि यस्तै सफलताका कार्यहरुमा बितोस भन्ने कामना गरे ।

कायर्यक्रम सुरुहुनु अघि प्रतियोगी दिलबहादुरले सञ्चारकर्मीलाई छोटो प्रतिकृया दिँदै आफू आफ्नो उद्धेश्य्रप्रति प्रतिवद्ध रहेको र उद्धेश्यमा सफल भइछाड्ने प्रतिवद्धता ब्यक्त गरेका थिए । यसको औपचारिक जानकारी र आफ्नो धारणा प्रतियोगीले भने केही समयपछि गराउने छन् । विश्व रेकर्ड कायम राख्न आयोजना गरिएको अर्को सामूहिक नृत्य भने केही समयपछि आयोजना गरिनेछ ।

यसमा तपाइको मत

अन्य समाचार