आदरणीय प्रवास भारत गोवास्थित नेपाली दाजुभाई तथा दिदीबहिनीहरु विश्वब्यापी महामारीको रुप लिएको कोराना भाईरस संक्रमणको कारणले अहिले विश्व त्रसित अवस्थामा छ । यस्तो अवस्थामा जनजागरण अभियान स्वरुप तपाईं हामी जो जहाँ छौँ त्यहीँबाट भौतिक, मानवीय एवम् सामाजिकरुपमा व्यक्ति र समुदायलाई विश्वव्यापीरुपमा फैलिएको कोरना भाईरसबाट बच्न र बचाउन जनचेतनामूलक अभियान चलाउन आवश्यक भएको छ ।
तपाईंहामीमा एक्कासी जरो आउने, लगातार सुख्खा खोकी लाग्ने, छाती दुख्ने र रिंगाटा लाग्ने जस्ता लक्षण देखा परेमा नजिकैको स्वास्थ्य चौकी एवम अस्पतालमा बेलैमा सम्पर्क गर्नुहोला । विश्वव्यापी महामारीको रुप लिएको कोरोनाभाइरसबाट बच्ने उपायबारे भारतको केन्द्र सरकार र गोवा सरकारले विभिन्न नीतिहरु अवलम्बन गरेको छ । ती नियमहरु अनिवार्य पालना गर्नुहोला । कुनै पनि सार्वजनिक स्थानमा गैसकेपछि साबुन पानीले राम्रोसँग हात धुने र स्यानिटाइजर प्रयोग गर्नु होला । भीडभाडबाट टाढै रहनु होला र सकेसम्म घरमै बस्नुहोस् । अत्यावश्यक वस्तुको अधिक मात्रामा मात्रै सेवन नगर्नु होस् ।
हल्ला र अफवाहहरूबाट भ्रमित र प्रभावित नहुनुहोस् । चिकित्सक, विज्ञ तथा प्राविधिकहरुको सल्लाहलाई पालना गर्नुहोस । धैर्यवान हुनुहोस् र संयमता अपनाउनु होस । सावधान हुनुहोस् तर आतङ्कित नहुनुहोस् । तपाइँ र हामीमा रोगसँग लड्न प्रतिरक्षात्मक क्षमताको विकास भएकाले मानसिक तनावबाट मुक्त रहनुहोस ।
यतिबेला प्रवास भारतमा गोवामा रहने सम्पूर्ण नेपाली आमाबुवा दाजुभाई दिदीबहिनी भारत सरकारले जारी गरेको आवश्यक निर्देशनहरु पालन गरी आफू र अरुलाई समेत सुरि रहन वातावरण निर्माण गर्नुहोस् । यदि कुनैपनि समस्या परेमा हाम्रो आपतकालीन नम्बरहरुमा तुरुन्तै सम्पर्क गर्नुहोला ।
प्रकाश थापा ९१९८९०२७७८१७
सुरेन्द्र रोकाय (मंडगाव ९९२२०५२०४४
गणेश चन्द (बेटिम ८८३०७८८७०६
बालाराम सेर्पाली (वासस्को ९१७९७२२८५२७२
महेन्द्र पुन (कुर्तोलिम ९१९०४९३११०३३
रमेश खड्का (बोगमालो ७९७२३७८७२३
उदय सेर्पाली (मापुसा ९१७७५८८२७७१९
मनोज थापा (आशागाव ९५६१४१५७१८
बिरु वली (पोर्भोमि
रमेश पुन (पन्जिम ९१७०३०२०
शेखर पुन (पन्जिम ९१८३२९२०५७११
अध्यक्षः प्रकाश थापा पुन
गोवा नेपाली समाज




