संगीत मार्फत् समाजकोलागि केही गर्ने रहर छः निशु थापा

धनकुटा स्थायी ठेगाना भएकी निशु थापा चितवन बस्छिन् । उनको रहर कलाकार बनेर आफू परिवार आफ्नो ठाँउको नाम राख्ने रहेको छ । निशु अभिनय र नृत्यमा पोख्त छिन् ।

विद्यार्थी जीवनमै नृत्य गरेर होस् या नाटकमा भाग लिएर आफ्नो प्रतिभालाई उनले उजागर गरिन् । बाल्यकालमै निशुले आफ्नु प्रतिभा देखाउन सफल भइन् । गीत गाउन पनि आउँछ तर मञ्चमा गाएको छैन । उनले भनिन, ‘सङ्गीत सिकेर केही गर्छु भन्ने लाग्छ ।’ निशुको परिवार मध्यम वर्गीय परिवार हो । बुवा मिडियामा आवद्ध छन भने आमा घरायसी काम गर्छिन् । एक भाई र एक बहिनीसहित उनी चितवनमा बस्छिन् ।

निशु भन्छिन्, ‘कलाकार हुन कि पैसा चाहिने कि त रुप । अझ अरु के के चाहिने हो । मलाई राम्रो कलाकार बन्न रहर छ । म अभिनय गर्न सक्छु । नृत्य गर्न सक्छु । यति हुँदा एउटा सामान्य कलाकार हुन योग्यता पुग्छ । मलाई जसरी हुन्छ यो क्षेत्रमा चम्कनु छ । मान्छेको रहर र इच्छा भन्दा ठूलो कुरा केही रहेनछ । मलाई पनि यहि रहर र इच्छाले कलाकारिता क्षेत्रमा पाइला अगाडि बढाउन उत्सुकता पैदा गरेको हो । यो छोटो जिन्दगीमा असल बाटो हिँडेर गन्तव्यसम्म पुगौँ झैं लाग्छ ।’

यसमा तपाइको मत

अन्य समाचार