अनलाइन कक्षाको नाममा विद्यार्थीसित शूल्क लिने शैक्षिक संस्थालाई कारवाही गर्ने चेतावनी

सामाजिक उत्तरदायित्व बहन नगर्ने शैक्षिक संस्था, शैक्षिक ब्यापारी, माफिया तथा नाफाखोरहरु माथि सङ्गठनको तर्फबाट आवश्यक कार्बाही गरिने

२०७७ असार १६ गते
काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी)ले अनलाइन कक्षाको नममा नीजि शैक्षिक संस्थाहरुले शूल्क असुल्न विद्यार्थी र अभिभावकलाई दवाव दिन थालेको भन्दै आपत्ति जनाएको छ । विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीले लकडाउनकै बीचमा नीजि शैक्षिक संस्थाहरुले भर्ना गर्ने, शूल्क असुल गर्न अविभावकलाई पत्र पठाउन र शूल्क नतिरे अनलाइन कक्षाबाट हटाउने भन्दै दवाव दिएको भन्दै विरोध जनाएको छ ।

अखिल क्रान्तिकारीका उपत्यका क्षेत्रीय समन्वय समितिका संयोजक हर्कबहादुर बिकले मंगलबार विज्ञप्ति जारी गरेर लकडाउनका कारण जनजीवन सामान्य भइनसकेको अवस्थामा भर्ना लिने र शूल्क असुल्न कार्य तत्काल रोक्न शैक्षिक संस्थाहरुलाई आग्रह समेत गरेका छन् ।
“प्याब्सन र एन प्याब्सनको निर्देशनमा नीजि शैक्षिक संस्थाहरुले विद्यार्थी भर्ना गर्ने, शल्क असुली गर्न अभिभावकलाई पत्र पठाउने र दवाव दिने, शूल्क नतिरे अनलाइन कक्षामा सहभागी नगराउने भन्दै विद्यार्थी र अविभावकलाई तनाव सिर्जना दिने काम भइरहेको छ । यसप्रति हाम्रो सङ्गठन घोर बिरोध प्रकट गर्दै उक्त कार्य तत्काल बन्द गर्न कडा चेतावनी दिन चाहन्छ”

बिकद्वारा जारी विज्ञप्तिमा भनिएको छ । त्यस्तै भर्ना नगर्न र शूल्क नतिर्न अभिभावकलाई अपील समेत गरेका छन् ।
अनलाइन कक्षाको नाममा शूल्क नलिन गरेको निर्देशनको नीजि शैक्षिक संस्थाहरुले बेवास्ता गरेको भन्दै अखिल क्रान्तिकारीले कडाईपूर्वक नियमको पालन गराउन सरकारसँग माग समेत गरेको छ ।

त्यसैगरी नाफाको हकदार आफू र लगानीको जिम्मेवारी अभिभावकको टाउकोमा थोपर्ने र संकटमा पनि न्यूतम मानवीय संवेदना सामाजिक उत्तरदायित्व बहन नगर्ने शैक्षिक संस्थाहरुमाथि संगठकन आवश्यक कारवाही गर्ने संयोजक बिकले चेतावनी दिएका छन् ।

“नाफाको हकदार आफू र लगानीको जिम्मेवारी अभिभावकको टाउकोमा थुपार्ने निजि शैक्षिक संस्थाहरुको रबैया अत्यन्तै खेदजनक रहेको छ । तसर्थ सङ्कटको यस विषम परिस्थितिमा समेत न्यूनतम मानवीय सम्वेदना र सामाजिक उत्तरदायित्व बहन नगर्ने शैक्षिक संस्था, शैक्षिक ब्यापारी, माफिया तथा नाफाखोरहरु माथि सङ्गठनको तर्फबाट आवश्यक कार्बाही गरिने कुरा समेत जानकारी समेत गराउन चाहन्छौं” विज्ञप्तिमा भनिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार