हिन्दु नारीको महान पर्व हरितालिका तीजलाई मध्यनजर राख्दै विभिन्न गीत संगीत बजारमा आइरहेका छन । यसरी गीतहरु बजारमा आउँदै गर्दा परिवर्तनको नाममा मौलिकता हराएको र पाश्चात्य संस्कृतिले प्रशय पाइरहेको जनगुनासो पनि सुनिँदै आएको छ । यसैक्रममा म्युजिक ल्याब प्रालिले नेपाली मौलिकता बोकेको तीज गीत छाता ओढी ओढी बजारमा ल्याएको छ ।
मेलिना राई र जीवन परियारको सुमधुर आवाज सजिएको यस गीतमा सुमन श्रापितको शब्द र गायक जीवन परियारको लय रहेको छ । सुरेश सेतीमहर र सुशिला पुनमगरको अभिनय रहेको यस गीतको भिडियो सागर बस्यालले सम्पादन गरेका हुन् । तिज गीतमा मौलिकता हराउँदै गएको परिस्थितिमा मौलिक तीज गीत ‘छाता ओढी ओढी’ले सफलता पाओस शुभकामना ।




