सलल बगेको खोला
खोला झैं मान्छेको यो चोला……….
हो, थुप्रै कवि, कलाकार र साहित्यकारहरुले मान्छेको जिन्दगीलाई बगेको खोलासित तुलना गरेका छन् ।
जो निरन्तर बगि मात्र रहन्छ, फर्किंदैन । कसैकसैले त यो छोटो जिन्दगीलाई फूलसँगपनि तुलना गरेका छन् ।
कोपिला हुन्छ, फक्रिन्छ अनि ओइलिएर झर्छ । हजुर, यही हो र यस्तै छ मान्छेको अधुरो जिन्दगी ।
तर पृथ्वीका अरु प्राणी भन्दा मान्छेको जीवन अलि फरक प्रकृतिको छ । किनकी उ विवेशील र विकासशील छ ।
फूलजस्तै ओइलीजाने र पानीजस्तै बगिजाने जिन्दगीलाई हराभरा र रसिलो बनाउन मान्छेले विभिन्न चाड–पर्वहरुको आविष्कार गरेको छ ।
ती थुप्रै चाड–पर्वहरुमध्य हिन्दु नारीहरुको तीजपनि एउटा रमाइलो पर्व हो । यही तीजमा रमाइलो गर्नकोलागि चर्चित लोकदोहोरी गायक शक्ति चन्द र यमुना चन्दपनि रसिलो र मिठो तीजगीत लिएर श्रोता तथा दर्शमाझ उपस्थित भएका छन् ।
तीजगीतमा मादल, बाँसुरी, सारङ्गी र मुचुङ्गाको मिठो ताल र सुरमा झम्झम् झरीसँगै छम्छम् चाँप लगाएर नाच्नुको आनन्द बेग्लै हुन्छ । त्यस्तै नेत्र अर्यालको शब्द र खेम सेन्चुरीको संगीतमा तयार पारिएको गीतको महत्वलाई शक्ति र यमुनाको सुरिलो स्वरले झनै माथी उठाईदिएको छ ।




