मोडलिङमा जम्दै निभा

काठमाडौ कालोपुलकी २३ वर्षीया निभा अधिकारी रूपमा मात्र होइन कलामा पनि अब्बल छिन् । जेभियर इन्टरनेशनल कलेजमा बिए तेस्रो वर्षमा सामाजिक विषयमा अध्ययनरत निभा कलाका साथै सामाजिक क्षेत्रमा क्रियाशील छिन् । विभिन्न विज्ञापन तथा म्युजिक भिडियोमा राम्रो अभिनय दिन सफल मोडल पनि हुन् निभा ।

उनको अभिनय ऐनसेल, लाइफ इन्स्योरेन्स, एसियन पेन्ट र सिभील मल जस्ता धेरै कम्पनीका उत्पादनहरुमा देख्न सकिन्छ । त्यसैगरी उनले अभिनय गरेको म्यूजिक भिडियो भर्खरै मात्र बजारमा आएको छ । एकदेव लिम्बुको ‘मेरो भन्नु को छ र’ आधुनिक गीतमा पनि उनको अभिनय रहेको छ ।

त्यसैगरी फेवाताल मायाको चिनो र को हो त्यो ? मा पनि उनको अभिनय रहेको छ । प्रतिभाकी धनी निभा आफूलाई गीत गाउन मोडलिङ गर्न र फोटोग्राफीमा पनि रुचि रहेको कुरा बताउँछिन् । आफूभित्रको क्षमतालाई दर्शकमाझ पस्कँदै जाने उनको लक्ष्य रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार