मोतिबिन्दू र डायबिटिजका कारण पनि आँखा कमजोर हुनसक्छ: डाक्टर दिपक खड्का

संकल्प न्यूजडेस्क

आज विश्व दृष्टि दिवश । आँखाको महत्वको बारेमा कसैलाई बताइरहनै पर्दैन । आँखाको दृष्टि बचाउन जनचेतना जगाउने उद्धेश्यले संसार भर केही न केही कार्यक्रमहरु भइ नै रहेका हुन्छन् । यसै सन्दर्भमा काठमाडौंस्थित टिचिङ अस्पतालमा अध्ययन गरि जापानमा रेटिना तालिम गरेका, अमेरिकामा गई सर्जिकल रेटिना ट्रेनिङ गरेका अनुभवी र हाल वीपी नेत्र प्रतिष्ठान अन्तरगतको चियर्स हस्पिटलका पर्दा रोग विशेषज्ञ डाक्टर दिपक खड्कासित हामीले आँखाको दृष्टि बचाउन के कस्ता उपाय अपनाउन सकिन्छ ? भनेर सोधेका छौं । प्रस्तुत उनीसँग गरिएको कुराकानीको सारसंक्षेप ।

मानव जीवनमा आँखाको दृष्टिको महत्व कति छ ?

यसको महत्व यति छ भनेर भनिसाध्य नै छैन । दृष्टि हुनेलाई भन्दा नहुनेलाई दृष्टिको बढी हुन्छ । दृष्टि भएकालाई पनि महत्व हुन्छ नै तर नभएकालाई त झन हुनै नै भयो ।

आँखाको दृष्टि कमजोर हुनबाट बचाउनका लागि कस्तो उपाय अउनाउन पर्ला ?

दृष्टि जोगाउका लागि कम्प्युटरमा धेरै नबस्ने वा कम बस्ने र बसेपछि बेलाबेलामा आराम गर्ने गर्नुपर्छ । काम गर्दा चस्माको प्रयोग गर्नुपर्छ । कृषि पेशाहरुमा काम गर्दा आँखामा चोट लाग्ने, ग्रिलमा काम गर्नेबेला चोट लाग्ने भएकोले चस्मा लगाउनु अनिवार्य नै हुन्छ । जनचेताना कम भएका कारणले जलबिन्दू हुने र जलबिन्दू भएपछि अन्तिममा मात्र उपचारमा आउने चलन पनि नेपालीहरुमा छ , यस्तो गर्नु हुँदैन । आँखा कमजोरी भएको शंका लाग्दा बित्तिकै जाँच गराइहाल्नु पर्छ । मोतिबिन्दू, पर्दा रोगी र डायबिटिजका कारण पनि आँखामा कमजोरी हुनसक्छ । यस्ता कुराहरुमा ध्यान नदिँदा आउने समस्याहरुलाई बेलैमा चिन्न आवश्वयक छ ।

जन्मदै दृष्टिविहीन हुने कस्तो समस्या होला ?

दृष्टिविहीन हुने धेरै अवस्थामध्ये यो पनि एउटा हो । जन्मजात पनि यस्तो हुन्छ र आमालाई कुनै रोग लागेका कारण पनि यस्तो हुन्छ ।

आँखाको दृष्टिमा रोग लाग्ने वा दृष्टिविहीन हुनबाट बचाउनका लागि समाजसेवी तथा राजनीतिज्ञहरुले के भूमीका खेल्नुु पर्ला ?

अक्टोवरको दोश्रो विहीबार मनाउने विश्व दृष्टि दिवशको उद्धेश्य नै अन्धो पन र दृष्टिदोषबाट बचाउनका लगिा जनचेतना जगाउनु हो । यो दिवश लायन्स क्लव इन्टरनेश्नलले सन्क २००० मा सुरु गरेको हो । त्यसपछि यो दिवश लगातार मनाइँदै आइएको छ । दृष्टिदोषको बारेमा जनचेतना जगाउने यसको मूख्य उद्धेश्य हो । यसमा सरकारी स्वास्थ्य संस्थाहरुलाई सहभागी गराइन्छ ।

दृष्टि बचाउनका लागि सर्वसाधारणलाई आज दिने सन्देश केही छकि ?

आफ्नो आँखाको ख्याल आफै गरौं । समय समयकम आँखा जाँच गराउने गर्नुस् । यसका बारेमा आफैले जानकारी लिनु नै सबभन्दा उत्तम उपाय हो । जलबिन्दू जस्ता रोगहरु लागेको थाहा नै नपाउन सकिन्छ । सुगर तथा डाइविटिज जस्ता रोगहरु लागेका कारण पनि आँखा कमजोर भएको हुनसक्ने भएकोले बेलाबेला जाँच गराइराख्नु पर्छ । यही भन्न चाहन्छु ।

 

यसमा तपाइको मत

अन्य समाचार