काठमाडौंमा अवस्थित समृद्धि स्कूल/कलेजले सूचना तथा सञ्चार प्रविधिसँग सम्वन्धित जनशक्ति स्वदेशमा नै उत्पादन गर्ने र समृद्धि कलेज, समृद्धि स्कूल र काठमाडौं बिजनेस क्याम्पस अन्तर्गत अध्यापन गराइने विसिए र बिबिएस कार्यक्रमका विद्यार्थीहरुलाई स्वरोजगार र उद्यमशील बनाउने उद्देश्यले सिस्को नेटवर्क एकेडेमीको सम्बन्धनमा अन्तराष्ट्रिय स्तरको “समृद्धि सिस्को नेटवर्किङ्ग एकेडेमी” को स्थापना गरेको छ । बजारको आवश्यकता अनुरूप सूचना प्रविधिक्षेत्रमा एक्काइसौं शताब्दिको दक्ष जनशक्ति निर्माण गरी यस क्षेत्रमा योगदान गर्ने उद्देश्य यस एकेडेमीले राखेको छ ।
समृद्धि स्कूल/कलेजका अध्यक्ष श्री मनोहर कुमार भट्टराईको अध्यक्षतामा समुद्ध्घाटित उक्त समारोहमा कलेजका सिइओ÷प्रिन्सिपल श्री नरेशप्रसाद श्रेष्ठले स्वागत मन्तव्यका क्रममा कोभिड १९ को बाबजुद पनि विद्यार्थीहरुको सर्वाङ्गीण विकासको लागि अध्ययनरत आफ्ना विद्यार्थीहरुको उद्यमशीलता तथा रोजगारमुलक सिप प्रवर्धन गर्नको लागि यस एकेडेमीले निकै महत्वपूर्ण सहयोग पुर्याउने धारणा राख्नु भयो । त्यसै गरी प्रमूख अतिथि पूर्ववातावरण, विज्ञान तथा प्रविधिमन्त्री गणेश साहले अबको पुस्ताले समय सापेक्ष शिक्षा हासिल गरि सरकारी कामलाई ई–गभरमेन्ट तथा पार्लियामेन्टलाई पनि ई–पार्लियामेन्ट बनाई आइटी यूजर बढाउनु पर्ने धारणा राख्नु भयो ।
त्यसैगरी अर्का प्रमूख अतिथि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका उप–कुलपति डा. सुनिलबाबु श्रेष्ठले यस कार्यक्रमले शिक्षा जगतमा नै नयाँ आयाम थपेको विचार व्यक्त गर्नुभयो । श्रीलंकाबाट अनलाइनबाट जोडिनु भएका सिस्को नेटवर्क एकेडेमी सार्ककी क्षेत्रीय मेनेजर सुश्री कालाहरि कलुरार्चीले नेपालको सूचना प्रविधि जनशक्ति निर्माणमा सिस्को नेटवर्क एकेडेमीले यथासंभव सहयोग गर्ने तथा सिस्कोद्वारा सूचना प्रविधि क्षेत्रमा प्रदान गरिने विश्वस्तरीय तालिमबाट विद्यार्थीहरुको सीप र व्यक्तित्व विकाशमा सहयोग पुर्याइ प्रमाणपत्रमा मात्र केन्द्रित नभएर जीवनको जटिल अवस्थाको सामना गर्न सक्ने बनाउन यस एकेडेमीले सहयोग पुर्याउने धारणा राख्नुभयोे ।
त्यसैगरि उक्त कार्यक्रममा विशेष अतिथिहरु त्रिभुवन विश्वविद्यालय, इञ्जिनीयरिङ्ग अध्ययन संस्थानका प्राध्यापक डाक्टर सुवर्ण शाक्य, विशाल फाउण्डेसनका कार्यकारी निर्देशक विशाल गैरेले पनि आ–आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रमको अन्त्यमा, उक्त कार्यक्रमको अध्यक्षता गर्नुहुने समृद्धि स्कूल÷कलेजका अध्यक्ष मनोहर कुमार भट्टराईले अब एक्काइसौं शताब्दी शिक्षा आवश्यक रहेको धारणा राख्दै सम्पूर्ण आगन्तुक अतिथिहरुलाई स–धन्यवादका साथ कार्यक्रमको समापन गर्नु भएको थियो ।




