काठमाडौं । दशैं नजिकिँदै गर्दा यस सम्बन्धी गीतहरु बजारमा भित्रिन थालेका छन् । यसैक्रममा, गायक राजु ढकाल, देवी घर्ती, रविन लामिछाने, अस्मिता दल्लाकोटीले दशैं लोकदोहोरी गीत ‘ह्यापी दशैं’ बनाएका छन् ।
परदेशमा रहेका आफन्तले स्वदेशमा रहेकी आफ्नी पियारीलाई दशैं हाँसी खुसीले मनाउन आग्रह गरिएको गीतमा स्वदेशमा रहेकी पियारीले भने घर फर्किन र दशैंसँगै मनाउन आग्रह गरेकी छिन् ।
सुमधुर लयका साथ तयार गरिएको गीतमा शब्द तथा संगीत सन्तोष पन्तको रहेको छ । गीतको संगीत संयोजन भने चेतन गोतामेले गरेका हुन् ।
गीतको भिडियोमा सन्तोष पन्त, सुस्मा ढकाल, फिल्पी देवकोटा, अस्मिता दल्लाकोटी लगायतको अभिनय देख्न सकिन्छ । वीरेन्द्र भट्टको छायाँकन, अभिनास डिसीको सम्पादन रहेको भिडियोमा मदन खड्काको निर्देशन छ ।




