ह्युगो चाबेजको देसमा संबिधानसभा चुनाब, तनाबमा अमेरिका
१६ साउन
काठमाडौँ ।
भेनेजुएलामा संविधान सभा निर्वाचन हुन लागेको छ ।
राष्ट्रपति निकोलास मडुरोले चुनावमा सहभागी हुन सबै जनतालाई आग्रह गरेका छन् । उनले राजनीतिक र आर्थिक संकटलाई पार लगाउने एक विकल्प संविधानसभा चुनाव भएको बताए ।
अमेरिकाको सहयोगमा आफ्ना गतिविधि गरिरहेको विपक्षी दलले भने चुनावमा सहभागी भएको छैन । भोटिङ सुरु हुनुपूर्व हिंसा भड्को छ । पछिल्लो हिंसामा एक जना उम्मेदवार र एक जना विपक्षी नेताको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । चुनाव मिति घोषणा भएयता भड्किएको हिंसामा करिब १ सय भन्दा बढीको मृत्यु भइसकेको छ ।
संविधानसभाका ५४५ सदस्यको लागि ६,००० भन्दा बढी उम्मेदवार छन् तर त्यसमा एकजना पनि विपक्षी दलबाट छैनन् ।
भेनेजुयाली क्रान्तिदेखि नै विरुद्धमा रहेका अमेरिका, फ्रान्स, स्पेन र युरोपेली संघले चुनाव रद्द गर्न आग्रह गरेका छन् भने छिमेकी कोलम्बियाले मान्यता नदिने बताउँदै आएको छ ।
पूर्व राष्ट्रपति तथा क्रान्तिका नायक ह्युगो राफेल चाभेजले साम्राज्यवादविरुद्ध लड्ने संस्कृतिको विकास गरेका थिए । त्यही संस्कृतिलाई भेनेजुएलाको सरकारले समातेको हुँदा अमेरिकाले अस्थिरता निम्त्याउने गतिविधि गर्दै अाएको छ ।
