दाङ ३० असोज
कृषि ,बसोवास तथा औद्योगिक क्षेत्रलाई व्यवस्थित गर्न आवश्यक रहेको आज घोराहीमा आयोजीत एक कार्यक्रमका बक्ताहरुले बताएका छन् ।
३७ औ विश्व खाद्य अधिकार दिवसको अवसरमा खाद्य अधिकार संजाल दाङले आयोजना गरेको खाद्य अधिकारको आवश्यकता र महत्व विषयक संवाद कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन ।
खाद्य अधिकार संजाल दाङका अध्यक्ष हुमा डि सी को अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अथिति नेपालीले दाङमा प्रयाप्त मात्रामा उन्नत विउ नपाउने,उत्पादन गर्न चाहेपनि समस्या देखिएको भन्दै खाद्य अभाव अन्तयकालागी सबैले जोड दिन आबश्यक रहेको बताउनुभयो ।
पशुसेवा कार्यालयका सुवास आर्चायले दाङ दुग्ध उत्पादनमा आत्मनिरर्भर बन्न नसेको जानकारी गराउनु भएको थियो तर मासु र अण्डा मा भने दाङ सक्षम भएको भन्दै दुग्ध उत्पादनमा जोड दिन सुझाव दिनुभयो ।
कार्यक्रममा कृषि बिकास कार्यालय दाङका तिलक के.सी.ले खाद्यान्न उत्पादन गर्न सकेनौ भने जत्तिसुकै यस्ता कार्यक्रम र नाराले खाद्य समस्या समाधान गर्न नसकिने बताउनुभयो ।
कार्यक्रममा घोराही उपमहानगरपालिका उपप्रमुख सिता न्यौपाने,जिल्ला प्रहरीकार्यालय दाङका प्रहरी उपरिक्षक दुर्गा सिंह चन्द, नवराज श्रेष्ठ लगायतले बोल्नुभयको थियो ।
हरप्लेस दाङका संयोजक विनोद के.सीले विषय प्रबेस गराउनु भएको कार्यक्रमको सहजीकरण खाद्य संजालका सचिव मौसम आर्चायले गर्नुभयको थियो ।




