सालनाल नकाटेको बच्चा छोडेर आमा बेपत्ता

संकल्प न्यूजडेस्क

चितवनमा एकजना बालिका बेवारिसे अवस्थामा फेला परेकी छिन् ।
चितवनको इच्छाकामना गाउँपालिका ४ लेवाटारमा सालनाल समेत नकाटिएको अवस्थामा बालिका फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका जनाएको छ ।

शनिबार चितवनको लेवाटार र गोरखा शहीद लखन गाउँपालिकास्थित ठेवाटार जोड्ने पुलमुनि बोरामा पोको पारी फालेको अवस्थामा शिशु फेला परेको थियो ।

शिशुकोलाई चितवन मेडिकल कलेज भरतपुरमा उपचारका लागि ल्याइएको प्रहरीले जनाएको छ । शिशु कस्ले छोडेको हो भन्ने विषयमा अनुसन्धान र खोजी भइरहेको जनाइएको छ ।

यता चितवनकै नारायणगढ बजारको पेटीमा बेवारिसे शव फेला परेको छ । प्रहरीका अनुसार भरतपुर महानगरपालिका–३ पुरानो तरकारी बजारमा शनिबार बिहान मागी हिँड्ने अन्दाजी ५० वर्षीय पुरुष मृतावस्थामा फेला परेको हुन् ।

उनको सनाखत हुन सकेको छैन । चिसोका कारण उनको मृत्यु भएको अनुमान गरिएको छ ।

यसमा तपाइको मत