सैनिक जवान बोहराले चिर्पट प्रहार गरी श्रीमतिको हत्या गरे

संकल्प न्यूजडेस्क

बर्दियाको गुलरिया नगरपालिका ५ कृष्णसार टोल बस्ने बर्ष २७ कि सुश्मा कुवँर बोहोराको हत्या भएको छ ।

पुस २३ गते राती करिव १०ः३० को समयमा आफ्नै श्रीमान मोहन बोहोराले दाउरको चिरपट प्रहार गरी हत्या गरेको पुष्टि भएको छ ।

श्रीमतीको हत्या गरी भागेका उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाको टोलीले खैरापुरबाट पक्राउ गरेको हो ।

अत्याधिक मादक पदार्थ सेवन गरी भाग्दैगर्दा समातिएका मोहन बोहोरा जवरजङ्ग गण बुटवल रामनगरमा सिपाही पदमा आर्मी रहेको खुल्न आएको छ ।

थप अनुसन्धानका लागि बोहोराका बुवा बर्ष ६८ का टीकाराम बोहोरा र आमा बर्ष ५५ कि बिजु बोहोरा लाई जिल्ला प्रहरी कार्यालय गुलरिया लगिएको छ ।

यसमा तपाइको मत