राज्यको चरम लुटको विरुद्ध प्रहार गरिएकोले प्रतिबन्ध लगाइएको होः विप्लव( विशेष अन्तरवार्ता)
पत्रपत्रिकाबाट
प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आफ्नो पार्टीमाथि केपी सरकारले लगाएको प्रतिबन्ध, सरकारको प्रतिबन्धविरुद्धको प्रतिरोध, वार्ता र पार्टीका आगामी कार्यक्रमका बारेमा आफ्नो पार्टीको धारणा सार्वजनिक गरेका छन् ।
उनले एक अनलाइन टेलिभिजनलाई अन्तरवार्ताका क्रममा विप्लवले यस्तो विचार व्यक्त गरेका हुन् ।
‘प्रतिबन्ध दलाल पुँजीवादी शक्तिको साम्राज्यवादीका सामु आत्मसमर्पणको परिणति हो । वर्गहितमा खडा गरिएको राज्यभित्र वर्गसङ्घर्ष चलिरहेको अवस्थामा हुने प्रक्रिया हो । यो प्रतिबन्ध हाम्रो हकमा मात्र लागू भएको होइन । राज्यले लगाउने प्रतिबन्ध र जनताले गर्ने प्रतिरोधसँग जोडिएको प्रक्रिया हो ।
हिजो राणाविरुद्ध भएको आन्दोलनमा जनतामाथि लगाइएको थियो । २००८ सालमा काङ्ग्रेस सरकारले कम्युनिस्ट पार्टीमाथि लगाएको थियो । २०१७ सालदेखि पञ्चायतले काङ्ग्रेस र कम्युनिस्टमाथि प्रतिबन्ध लगायो । जनयुद्ध सुरु भएदेखि काङ्ग्रेस र एमाले मिलेर हामीमाथि प्रतिबन्ध लगाए । अहिले केपी—पीके सरकारले हामीमाथि प्रतिबन्ध लगाएको छ । त्यसैले यो नयाँ कुरा होइन ।’ विप्लवले भनेका छन् । प्रश्तुत छ उनको अन्तरवार्ता ः
