‘इनसाइड नेपाल’ मार्फत भयो प्रचण्डलाई राजा विरोधी बनाउन ‘रअ’ले गरेको चलखेलको खुलासा

‘तपाईँले किन यति धेरै चासो दिइरहनु भएको छ हामी राजाको शासनमा रहन्छौँ या लोकतन्त्रमा जान चाहन्छौँ ?’

संकल्प संवाददाता

नेपालमा गणतन्त्र ल्याउन भूमिगतरुपमा सशस्त्र जनयुद्ध गरिरहेका माओवादी नेता प्रचण्डलाई धेरै फकाउनु परेको खुलासा भएको छ । भारतीय जासुसी संस्था ‘रअ’का अवकास प्राप्त एकजना अधिकारीले यस्तो खुलासा गरेको डिएनए पत्रिकालाई उदृढ गर्दै जनपाटी अनलाइनले समाचार छापेको छ । अमर भुषणको हालै प्रकाशित पुस्तक ‘इनसाइड नेपाल’मा यो कुरा उल्लेख भएको समाचारमा जनाइएको छ ।

पुस्तकमा दाबी गरिएको छ कि, ‘रअ’ले तत्कालीन माओवादी नेता पुष्पकमल दाहाललाई मनाउन लामो समय खर्चिनु परेको र त्यसपछि मात्र प्रचण्ड राजतन्त्र विरुद्ध अरु राजनीतिक दलसँग हात मिलाउन तयार भएका थिए । विभिन्न चरणको वार्तापछि मात्र ‘रअ’ प्रचण्डलाई मनाउन तयार भएको पुस्तकमा उल्लेख छ । प्रचण्ड ‘रअ’को मनसायप्रति शसंकित थिए ।

त्यसैले उनले वार्ताकाक्रममा ‘रअ’का पूर्वीब्यूरो प्रमुख जीवनाथनसँग, ‘तपाईँले किन यति धेरै चासो दिइरहनु भएको छ हामी राजाको शासनमा रहन्छौँ या लोकतन्त्रमा जान चाहन्छौँ ?’ भनेका बताइएको छ । संवैधानिक प्रजातन्त्रका लागि मार्ग प्रशस्त गर्न सन् १९९० मा भारतको अनुसन्धान तथा विश्लेषण संस्था ‘रअ’ले नेपालको सक्रिय राजतन्त्रलाई संवैधानिक बनाउन अभियान सुरु गरेको थियो । यो कुराको खुलासा ‘रअ’का पूर्वविशेष निर्देशक अमर भूषणले आफ्नो पुस्तक ‘इनसाइड नेपाल’ मा गरेका छन् ।

‘रअ’को जासुसी भिन्न विचारधाराका राजनीतिक दललाई एकठाउँमा ल्याउन मात्रै थिएन बरु आफ्नो पहुँच अति गोप्यरुपमा गर्नु थियो । जीवनाथनले सो क्रममा आफ्ना गोप्यएजेन्टहरु नियुक्त गरेका थिए । भुषणले आफ्नो पुस्तकमा प्रतिकात्मक नाम दिएका जीवनाथन जो ‘रअ’को पूर्वीव्युरोका प्रमुख थिए । उनले राजा वीरेन्द्रको शासनकालभर एक विशेष युनिट सञ्चालन गरेको उल्लेख गरेका छन् ।

जीवनाथनले सो युनिट सन् १९८९–९० को बिचमा बनाएको जनाइएको छ । भारतको तत्कालीन राजीव गान्धी सरकारले नेपालमा भइरहेको जनआन्दोलनलाई सहयोग गर्ने निर्णय गरेको थियो । राजालाई दबाव दिन विभिन्न चरणमा भएका कूटनीतिक प्रयास असफल भएका थिए । त्यसपछि भारत सरकारले नेपालसँगको सीमा बन्द (नाका बन्दी) गर्यो र राजालाई प्रजातन्त्र स्थापित गर्न दबाब दिए । अनि नेपालमा बहुदल आयो ।

भारतको सो कदमपछि राजाले चीनसँग सहयोगका लागि अपिल गरेका थिए । त्यो बिचमा ‘रअ’का प्रमुख एके वर्माले जासुस जीवनाथनलाई नेपालमा विशेष अभियान चलाउन जिम्मा लगाएको भुषणको पुस्तकमा उल्लेख छ । ‘रअ’को अभियानपछि धेरै नेपाली राजनीतिज्ञ जीवनाथनलाई भेट्न गएको पुस्तकमा उल्लेख छ । तर उनी आफूले नियुक्त गरेका जासुसहरुलाई आफू अब सो नाममा अस्तित्वमा नरहेको भनेर गायब भएका थिए ।

यसमा तपाइको मत