नेकपाकै नेताले किन भने यस्तो ? गृहमन्त्री र उर्जामन्त्रीलाई जनताले सडकमा घिसार्ने छन् : साध्यबहादुर भण्डारी (भिडियो सहित)

संकल्प संवाददाता

सत्तारुढ नेकपा कै नेता साध्यबहादुर भण्डारीले ओली नेतृत्वको सरकारले राम्रो भन्दा नराम्रो काम धेरै गरेको दावी गरेका छन् । उनले खासगरी सरकारले नागरिकता विधेयक, गुठी विधेयक, मिडिया विधेयक, विद्युत उत्पादन गर्नेकाम र एमसीसी परियोजना जस्ता विदेशी स्वार्थमा एनजिओहरुले तयार पारेका विधेयकले सरकारको साख नष्ट भएको बताएका छन् ।

भण्डारीले उर्जामन्त्री वर्षमान पुनले भारतको प्रभावमा परेर विदेशीको इसारामा राष्ट्रघाति काम नगर्न चेतावी दिए । उनले नागरिकता विधेयक पास गरेर गृहमन्त्रीले भारतीय ज्वाईंलाई नेपालमा हुलेर फिजिकरण बनाउन लागेको आरोप समेत लगाए ।

गृहमन्त्रालय नै राष्ट्रघातिहरुले चलाएको भन्दै रामबहादुर थापा र वर्षमान पुनलाई राष्ट्रघाति भन्दै उनीहरुलाई जनताले एकदिन सडकमा घिसार्ने दावी समेत गरे । एक अनलाइन मिडियालाई अन्तरवार्ता दिँदै भण्डारीले यस्तो दावी गरेका हुन् । प्रस्तुत उनको अन्तरवार्ता ।

यसमा तपाइको मत