नेपालले चाहे भाद्र पहिलो हप्ता भित्रै कोरोना खोप नेपाल आउने

स्टालिनको पालामा पहिलो पटक अन्तरिक्षमा उपग्रह पठाएर विश्वमा नयाँ रेकर्ड बनाएका थिए भने अहिले पुटिनले कोरोनाविरुद्धको खोप बनाएका छन् ।

काठमाडौं । रुसले बनाएको कोरोना भाइरसविरुद्धको खोपको पहिलो ब्याच तयार गरेको छ । रुसकोे स्वास्थ्य मन्त्रालयले खोपको पहिलो ब्याच बनाइसकेको जनाएको छ । रुसले खोपलाई राष्ट्रिय मान्यता दिइसकेको छ भने दर्ता पनि गरिसकेको छ । अहिले रुसी वैज्ञानिक तथा अनुसन्धानकर्ताहरु रातारात धमाधम खोप बनाइरहेका छन् । योसँगै तेस्रो चरणको परीक्षणको तयारी पनि भइरहेको छ ।

फिलिपिन्स सरकारले आफ्नो देशमा तेस्रो चरणको परीक्षण गर्ने बताइसकेको छ । रुसले विश्वका मानिसहरुलाई बचाउन मासिक ५० लाख डोज खोप उत्पादन गर्नेसमेत समेत बताएको छ । स्पुतनिक–५ नाम दिइएको खोप पूर्णरुपमा सुरक्षित रहेको रुसी राष्ट्रपति पुटिनले बताउँदै आएका छन् । उनले पहिलो परीक्षण आफ्नो छोरीलाई गरेको समेत बताइसकेका थिए । तत्कालिन रुसी सोभियत संघले पहिलो पटक अन्तरिक्षमा पठाएको उपग्रह पठाएको थियो । यो नै विश्वको पहिलो उपग्रह हो । त्यसपछि मात्रै अमेरिकाले उपग्रह पठाएको थियो ।

स्टालिनको पालामा पहिलो पटक अन्तरिक्षमा उपग्रह पठाएर विश्वमा नयाँ रेकर्ड बनाएका थिए भने अहिले पुटिनले कोरोनाविरुद्धको खोप बनाएका छन् । योपनि विश्वको पहिलो नै हो । एक पटक फेरि फस्ट भएको छ । अमेरिका लगायत युरोपका केही देशहरुले रुसले बनाएको खोपलाई लिएर विभिन्न टिकाटिप्पणी गरिहेका छन् । रुसी राष्ट्रपति पुटिनले खोप तयार भएको घोषणा गरेसँगै सुरु भएको विरोध अहिले केही मत्थर भएको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसले बनाएको खोपले कोरोनाविरुद्ध काम गर्ने आफूलाई विश्वास लागेको बताएका थिए । योसँगै विरोध केही मत्थर भएको हो ।

ट्रम्पले नै विश्वास र आशा व्यक्त गरेपछि अहिले रुसले बनाएको खोपले विश्वलाई नै आशावादी बनाएको छ । रुसको स्वास्थ्य मन्त्रालयले खोपलाई अगस्टसम्म विश्वभर पुर्याउन सकिने बताएको छ । योसँगै अहिले विभिन्न देशहरुले रुससँग खोपको लागि सम्झौताको तयारी पनि गरिरहेका छन् । यदि नेपालले पनि समयमै पहल गरेमा भदौ अन्तिमसम्म नेपाल आउन सक्छ । रुसले नेपालजस्ता तेस्रो विश्वका देशहरुलाई निःशुल्क खोप उपलब्ध गराउने रुसी अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

यसमा तपाइको मत

अन्य समाचार