तेहरान । अमेरिकासितको युद्धकै दौरानमा इरानले अमेरिकाको एक अत्याधुनिक पनडुब्बी नियन्त्रणमा लिइएको दाबी गरेको छ । यो दाबी इरानको इस्लामिक सेना रिभोलुसनरी गाड्र्स क्रर्प्स निकट समाचार एजेन्सी फार्स न्यूजले गरेको हो ।
फार्सका अनुसार यो पनडुब्बी अमेरिकी सेनाको सबैभन्दा आधुनिक र ‘इन्टेलिजेन्ट अनम्यान्ड पनडुब्बी’मध्ये एक हो । एजेन्सीको दाबी छ, ‘यसलाई हर्मुज जलमार्गको प्रवेशद्वार नजिकैबाट नियन्त्रणमा लिइएको हो ।’
फार्सले पनडुब्बी कहिले र कसरी नियन्त्रणमा लिइयो भन्ने विषयमा विस्तृत विवरण भने दिएको छैन । साथै यस विषयमा अमेरिकाबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।




