कोरोना महामारीले मानिसहरुलाई सताइरहेका बेला फेरि मौसमी रुघाखोकी र ज्वरोले पनि हैरान पार्ने गरेको छ । कोरोना र मौसमी रुघाखोकी तथा ज्वरो उस्तै खालको हुने भएकाले मानिसहरू छिटो आत्तिने गरेका छन् ।
वर्षा यामको शुरु तथा अन्त्य, जाडो यामको शुरु तथा अन्त्यमा साधारणतया रुघाखोकी ज्वरो, इन्फ्लुएञ्जाका बिरामी देखिने गर्दछन् । मौसमी रुघाखोकी र ज्वरोका लक्षणहरूमा ज्वरो आउने (१००.४ डीग्री फरेनहाइट भन्दा बढि), टाउको दुख्ने, घाँटी दुख्ने, रुघाखोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने, बच्चाहरूलाई झाडा पखाला समेत हुन सक्ने रहेका छन् ।
बच्नको लागि खोक्दा हाच्छिउँ गर्दा सफा कपडा वा रुमाल वा पाखुराले नाक, मुख छोप्ने, साबुन पानीले मिचीमिची हात धुने, पोषिलो र झोल पदार्थ प्रशस्त मात्रामा पिउने, ज्वरो आएको व्यक्तिले नगुम्सिएको, हावा ओहोर दोहोर हुने कोठामा आराम गर्ने, आनावश्यक रुपमा मानिसहरूको भीडभाड भएको ठाउँमा जानु हुँदैन ।
ज्वरो रुघाखोकी लागेको बिरामीको घरेलु उपचारबाट स्वास्थ्यमा सुधार नभएमा आवश्यक उपचारको लागि नजिकको स्वास्थ्य संस्थामा लैजानुपर्छ ।
शंकास्पद रोगी व्यक्तिबाट सकभर टाढै बस्ने, आँखा, नाक तथा मुखमा अनावश्यक रुपमा हात नलैजाने, सकभर अरु व्यक्तिहरूसँग हात नमिलाउने, नमस्कार गर्ने, अरुले प्रयोग गरेका रुमाल, कपडा प्रयोग गर्नु हुँदैन ।




