अमेरिकाले तीस वर्षमा घटाएको वायु प्रदुषण चीनले सात वर्षमै घटायो

एजेन्सी। अमेरिकाले तीस वर्ष लगाएर घटाए बराबरको वायु प्रदूषण चीनले झण्डै सात वर्षमै घटाएको अमेरिकाको एक विश्वविद्यालयको अध्ययनले देखाएको छ।

चीनले कडा कानुनमार्फत सन् २०१३ देखि २०२० को अवधिमा वायु प्रदूषणलाई ४०% ले घटाएको युनिभर्सिटी अफ शिकागो अन्तरगतको इनर्जी पोलिसी इन्स्टिच्युटको अध्ययनले देखाएको छ।

अध्ययनमा भनिएको छ– ‘चीनका धेरै भूभाग अझै सुरक्षित मान्न नसकिने स्तरको प्रदूषित छन्। तर पनि उसले छोटो समयमा ठूलो सुधार हासिल गर्यो ।

वायु प्रदुषणको क्षेत्रमा छिटो प्रगति हासिल गर्न सकिन्छ भन्ने प्रमाण हो, योवायु प्रदूषणले धुम्रपान, मद्यपान वा कमजोर सरसफाइले भन्दा बढी औसत आयु घटाउने शिकागो विश्वविद्यालयका अनुसन्धानदाताले भने।

चीनले वायु प्रदूषण कम गर्नमा हासिल गरेको सफलता अन्य अन्य मुलुकहरुको लागि महत्वपूर्ण पाठ हो । कठोर प्रदुषणसम्बन्धि कानुनले सबै मुलुकमा उस्तै परिणाम निम्त्याउँछ,’ अध्ययनमा संलग्न वैज्ञानिकहरुले भने।

विश्वका ९७% जनसंख्या विश्व स्वास्थ्य संगठनको निर्देशिकाले तोकेभन्दा खराब वायु भएको स्थानमा बसोबास गर्ने अनुसन्धानकर्ताले बताएका छन् ।

दशकौंदेखि प्रदूषण विरुद्ध लडिरहेका अमेरिका र युरोपका कुल जनसंख्यामध्ये झण्डै ९० प्रतिशत अझै मुलुकको ती भेगमा बस्छन् जहाँ विश्व स्वास्थ्य संगठनको निर्देशकाले निर्धारण गरेभन्दा खराब हावा भएको स्थानमा बसोबास गर्छन्।

चीनले वायु प्रदुषण घटाउनको लागि मुख्यत प्रमुख शहरहरूमा कारको प्रयोग घटाउने र कोइला बाल्न प्रतिबन्ध लगाउने कदम उठाएको थियो। यी र अन्य कदमहरूको बलमा चीनले सात वर्षमै वायु प्रदूषणको स्तरलाई पहिलेको भन्दा ४०% मा झार्यो।

अमेरिकाले सन् १९७० देखि ३० वर्षको अवधिमा देशको औसत प्रदूषणमा ४४% गिरावट न्युनिकरण गरेको थियो। चीनको सात वर्षको सुधार झण्डै अमेरिकाको तीस वर्षको बराबर देखिन्छ।

यसमा तपाइको मत

अन्य समाचार