राप्तीमा बिक्न छोड्यो सरकारी भाडा अनुदानको पुरानो चामल

व्यापारीको मसिनो चामलमा ग्राहक आकर्सित

दाङ सम्बाददाता

पहाडि जिल्लामा भाडा अनुदानमा चामल वितरण गर्दै आएको राप्ती अंचल खाद्य संस्थान तुलसीपुरको चामल गतवर्ष देखि विक्न छोडेको छ । उपभोक्ताहरु मसिना चामलमा आकर्षीत भएपछि खाद्य संस्थानको चामल विक्न नसकेको संस्थान राप्तीका निमित्त कार्यालय प्रमुख कृष्ण प्रशाद चौधरीले वताए ।
उपभोक्ताहरु हाल मसिनो चामलमा आकर्षीत भएपछि संस्थानको चामल स्टक रहेको खाद्यसंस्थान अंचलकार्यालय राप्तीले जनाएको छ ।

डोल्पा, रुकुमका विभिन्न केन्द्र र सल्यान , प्युठान र दाङका गरी ४ कारागारका लागि ११ हजार २ सय २३ क्वीन्टल खरिदगरेको खाद्यसंस्थान कार्यालय राप्तीमा आर्थिक वर्ष ०७२/०७३को स्टक १ हजार ९ सय ७३ क्वीन्टल गरि जम्मा १३ हजार २ सय ९ क्वीन्टल चामल मध्य ८ हजार ४ सय ७३ क्वीन्टल संवन्धीत ठाउँमा गएको र ४ हजार ७ सय ३५ क्वीन्टल चामल स्टकरहेको खाद्यसंस्थान राप्तीका निमित्त कार्यालय प्रमुख कृष्ण प्रशाद चौधरीले जानकारी दिए ।

भाडामा सरकारी अनुदान दिईएको संस्थानको चामल रुकुम मुसिकोटमा १हजार ६सय १क्वीन्टल, रुकुम शोभागाउँमा ९सय ७०क्वीन्टल , डोल्पाको दुनैमा १हजार ९सय १क्वीन्टल, डोल्पा जुफालमा १हजार क्वीन्टल डोल्पा शर्मिमा ५सय क्वीन्टल डोल्पा लिकुमा ५सय क्वीन्टल , सल्यान प्युठान,र दाङका ४कारागारमा १हजार ३सय २०क्वीन्टल तथा दाङमै फुटकर विक्रि ९क्वीन्टल गरी ८हजार ४सय ७३क्वीन्टल गएको र ४हजार ७सय ३५क्वीन्टल गोदाममै रहेको निमित्त कार्यालय प्रमुख चौधरीले जानकारी दिए ।

ठुला व्यपारीहरुले दुर्गमका वजारमा समेत मसिना चामल पुर्याएको र उपभोक्ताको स्वाद पनि मसिना चामलमै गएकाले संस्थानको चामल  बिक्रिदर प्रत्यक वर्ष कमहुँदै गएको खाद्यसंस्थान राप्तीले जनाएको छ ।
कार्यालयका अनुसार आर्थिकवर्ष ०७२/०७३ मा कोटाकै चामल १ हजार ९ सय ७३ क्वीन्टल स्टक थियो

आर्थिकवर्ष ०७३/७४मा त्यसको दोब्वर भन्दा वढि ४ हजार ७ सय ३५ क्वीन्टल चामल गोदाममै रहेको  थियो  ।

स्टक रहेको चामलमा पनि उसिना चाम ३ हजार क्वीन्टल वढिरहेको जनाईएको छ संस्थानको उसिना चामल भने सुगर फ्रि चामल भन्दै दाङमा विक्रि भैरहेको राप्तीअंचल खाद्य संस्थान तुलसीपुरले जनाएको छ ।

अन्यचामल विक्रिगर्न अनुमति छैन उसिना चामल भने लागत उठाएर विक्रिगर्न विभागले अनुमति दिएकाले केहि मात्रामा उसिना चामल विक्रिहुने कार्यालयका निमित्तकार्यालय प्रमुख चौधरीले वताए ।

विशेष गरि सुगरका रोगीहरु ले यो चामल लिने गरेको कार्यालयले जनाएको छ ।

प्रति क्वीन्टल ३ हजार रुपियाँमा फुटकर उसिना चामल विक्रिगरेको कार्यालयले तुलसीपुरमा हाल सम्म ९ क्वीन्टल चामल वित्रिभएको जनाएको छ ।
खाद्य संस्थान राप्तीले विरगंज , नेपालगंज वर्दियाको राजापुर र विर्तामोड वाट चामल आपुर्ति गर्दैआएको जनाईएको छ ।

यसमा तपाइको मत

अन्य समाचार