आत्मनिर्भर बन्दै विप्लव नेकपा, आलु खेतीमा जुटे नेता-कार्यकर्ता

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी डडेलधुराले पार्टीले केन्द्रीय नीति अनुरूप जिल्लाको परशुराम नगरपालिका वडा नम्बर १० लामिजालामा आलु खेती सुरु गरेको छ ।

पार्टीलाई आत्मनिर्भर बनाउने नीति अनुसार सो जिल्लाका नेता तथा कार्यकर्ताहरु खेतीमा जुटेका हुन् । सो पार्टीका डडेल्धुरा जिल्ला सचिव विजय रानाले हरेक व्यक्ति उत्पादनमा नजोडिएर क्रान्ति र आन्दोलनमा योगदान गर्न नसक्ने बताए । उनले आफ्नो पार्टीको आत्मनिर्भरता सहितको उत्पादनमा भाग लिने निणर्य गरेको बताए ।

उनले भने,‘हामी हाम्रो पार्टीसँग आवद्ध सबै कार्यकर्ता उत्पादनमुखी र प्रत्यक्ष श्रममा जोडिरहेका छौँ । समाजवादी आन्दोलनलाई दिगो बनाउन र समाजवाद स्थापनाको लामो लडाइँ सफल पार्न हाम्रो सिंगो पार्टी पंक्ति सशक्त रूपले लागिरहेका छौँ ।’

उक्त उत्पादन कार्यमा पार्टी जिल्ला सचिव विजय राना, नगर इन्चार्ज पुर्णीमा धामी, कार्यालय सचिव गणेश बोहरा, नगर सचिव लाल बोहरा लगायतको समूह श्रममा सहभागी रहेका छन् । विप्लव नेकपाले जिल्ला जिल्लामा अहिले आफ्ना नेता तथा कार्यर्तालाई उत्पादन कार्यमा जोड्दै आएको छ ।

यसमा तपाइको मत

अन्य समाचार