मुसिकोट
कुन्यूलाएर सानो (नरे) लसुन सडक किनारामा थुपारिएको छ । मुसिकोट १० चुनगाउँ दरर्दयान पश्चिम रुकुमको त्यो लसुन प्लाष्टिकका जालीदार बोराहरुबाट हरिया टुसा बनेर बाहिर निस्कीरहेको छ । घर घरै पाइप प्रणालीको सिंचाई सुविधा छ ।
बस्तिको बिचैबाट सडक छिरेको छ । यी संरचनालाई आधार बनाउँदा, समृद्धिको जग तयार भइसकेको ठोकुवा गर्दा फरक पर्दैन ।
लसुन बिकेन, अदुवा एकै चोटी उठाउने ठूला व्यापारी आएनन् भन्ने स्थानीय बासिन्दाको गुनासो छ । त्यसैले गर्दा काम गरेर पनि उपलब्धी कम देखिएको स्थानीय झुपलाल खड्का बताउनुहुन्छ ।
बर्षमा दुईबाली उब्जनी हुने परम्परागत मकै र गहुँ खेति छोडी सबै नगदे बालीमा आकर्षित छन् । खड्काका अनुसार उत्पादन प्रशस्त हुन्छ । बेच्न लग्ने बजारको अभाव छ ।
अझै पनि जयबहादुर खड्का (पैयीवोटे) को घरमा लसुन प्रशस्तै छ । उहाँका अनुसार सानो लसुन बहुमुल्य हुनपर्ने हो । उल्टो खोजि नहुने बस्तु बनेपछि अनौठो समस्या सिर्जना भएको छ । बारीका ढिक ढिकै ठूल्ठूला केराका घार छन् । छिप्पीका कोसा सहतिका धेरै घरी देखिन्छन् ।
बिक्री हुन छोड्यो हत्केलाले निधार को प्रकाश छेक्दै केराका घरी हेरीरहेका खड्काले भन्नुभयो, łयस्ता छिप्पिएको घरी त कति छ कति ? खड्काको बारी ढिक काल्नामा सबैतिर केरा छन् ।
ढिडो, खाजा, गहुँ र मकैका रोटीको खान्की बदलिएर भातमा परिणत भएको छ । खेत नहुनेका घरमा अरु अन्न भन्दा चामल बढि भेटिन्छ । यो सबै नगदे बालीको खेतिले बनाएको हो ।
व्यक्तिगत पाइप विस्तार गरेर पँधेर्नी र औलिसेनी खोलाको पानीले घर घरै सिंचाई सुविधा छ । व्यमौसमी तरकारी तथा नगदे वाली खेति गर्न सकिने आधार बनेको छ । गाई बाख्रा पालन गरेर गोठे तथा पारंगारीक मल उत्पादन हुन्छ । अग्र्यानिक खेतिपातीको चलन छ ।
जहाँ फाल्यो त्यही पलाउने जस्तै गरी अलैंची खेति सप्रिएको छ । खोलाका किनारा, वालुवाका थुम्का, ढुंगाका काप, घाँस काट्ने भिर काल्ना कतैपनि बाँकि नराखी पहलबहादुर रोका (कान्छा रोका) को बारी अलैंचीले भरिएको छ ।
भिर पाखा र काल्नामा फैलिएका ती अलैंची हेरेर बस्ति भरीकाले रोकाको मेहनतको प्रशंसा गर्छन् । रोकाको जमिनमा अलैंची उम्रिदा छिमेकिकोमा बनमारा (माओवादी झार) फैलिएको छ ।
चुनखोलाको साँध सिकाउँदै देवेन्द्र खड्काले भन्नुभयो, łयतापट्टी यत्रो कमाई छ । हेर तो उतापट्टी बाँझो र झारपात मात्रै देखिन्छ, खड्काले थप्नुभयो łजे पनि जाँगरले हुने त हो । यदि अलैंची बहुमूल्य हुनेभयो भने पक्कैपनि अरुका जमिन पनि रोकाका जस्तै अलैंचीमय हुनेछन् ।
अहिले पनि धेरैका बारीमा अलैची खेति छ । झ्यालका उत्तीस बारीहरु, ओसिला र मुहान नजिकका भिरहरुमा प्रशस्त मात्रामा अलंैची खेति गरीएको छ । उचित मूल्य पाउने हो भने अलैंची खेतिले मात्रै आर्थिक उन्नती हुन्छ ।
समयमा बजार लैजान सक्नेहो भने भाउ नजाँदै बेच्दा पनि त्यति फरक पर्दैन । त्यसको लागि यातायातको सुविधा हुनुपर्छ । सडक पुगेपनि यातायातका साधन नियमित जान सकेका छैनन् । स्थानीय युवा हेमन्त खड्काका अनुसार जसरीपनि गाडी किन्ने कार्यक्रम बनाउनुपर्छ । एक दुईजना मिलेरै भएपनि जीप किन्नुपर्छ ।
विदेश जानुभन्दा धेरै कमाई जीपले दिनसक्छ । लाखौं रुपैया झोलामा बोक्ने साहुहरु छन् । तिनले जीप किन्ने आँट्न सकेका छैनन् । एक्लैले किन्न डराएपनि साथ दिनुपर्छ । चालकको अभाव छ । शुरुमा तलवी चालक ल्याउने र हिंड्दैगर्दा सिक्न सकिन्छ ।
त्यसक्षेत्रका अधिकांश विकास निर्माणका कार्यको ठेक्का तथा पेटी ठेक्का सम्हाल्ने निर्माण व्यवसायी जीतबहादुर खड्काका अनुसार आगामी पाँचबर्ष भित्र मुसिकोटबाट कालोपत्रे सडक वडामा पुग्छ । साविक चौखाबाèका ६ देखि ९ सम्मका तिन वडा मिसाएर मुसिकोट नगरपालिकाको १० नम्बर वडा बनाइएको छ ।
त्यसका सबैजसो बस्तिमा सडक पुगिसकेको छ । विद्युत सुविधा भने झ्याल लगाएतका बर्खे गोठमा समेत छ । तत्कालीन माओवादी द्धारा सन्चालीत स्थानिय जनसत्ताका चौखाबाè गाजस प्रमुख समेत रहनुभएका खड्काका अनुसार उपयोग गर्नेहो भने संरचना धेरै बनेका छन् ।
सर्वाधिक उत्पादन हुने नगदेबाली लसुन सानो ठुलो, अदुवा, आलु लगाएत मानिन्छन् । स्थानीय हरिबहादुर खड्का (ढारेमाईला) का अनुसार त्यसले उचित बजार पायो भने चुन गाउँको गरिबी अन्त हुन्छ ।
सानोतिनो बारी भएका व्यक्तिले पनि भोकमरी झेल्नुपर्ने अवस्था अब रहेन । आमाहरु मुसिकोट बजार बसेर नानी नातिना पढाउने, छोराहरु वैदेशिक रोजगार र बाँकि रहेकाले तरकारी तथा नगदेबाली खेति गरेर चुनगाउँको आर्थिक क्षेत्रले फड्को मारेको छ ।
थरीथरीका ईनामेलले भित्ता देखि बार्दलीहुँदै छानोसम्म रंगाएर झकिझकाउ घरहरु छन् । छ कोठाका दुईतले घर नबनाउने कमजोर क्षमताको कोही छैनन् भन्दा पनि खास्सै फरक पर्दैन ।
इन्टरनेट चलाउने सुविधाका स्मार्टफोन हातहातै देखिन्छन् । बुहारीहरु मिलन आमा समुह गठन गरेर सामाजिक कार्यमा सरिक छन् । बुहार्तनको घेरा तोड्दै अघि बढ्न अगुवा जोखिमाया कठायत खड्का नेतृत्वको आमाहरुको समुह पर्याप्त भएको देखिन्छ ।
मुसिकोट १० का सदस्य धनवहादुर खड्का बसन्त आफ्नो क्षेत्रको समृद्धिको लागि हरपर्यत्न गरीएको बताउनुहुन्छ । उहाँका अनुसार सल्लाह सुझाव लिने र स्थानिय सरकार मार्फत कार्यन्वयनमा लैजाने गति तिब्र पारीएको छ ।
टोलिफोन टावर, कालोपत्रे सडक, पुल पुलेसा र पशु चौपाया हिंडाल्ने गोरेटा बाटाहरु मरमत तथा निर्माण गर्ने काममा स्थानीय सरकारले जोड दिएको छ ।
जिल्लाका शिखर एवं पुर्वमन्त्री नेता जनार्दन शर्मा (प्रभाकर) को सचिवालयमा रहेर काम गर्ने श्रीकुमार कठायतको पनि त्यही वडा हो । जसले थोरै घुमाउरो तरिका भएपनि केन्द्र सरकारसँग प्रत्यक्ष पहुँच राख्छ । विकास निर्माणका ठूला योजनामा सम्भावना गराउँछ ।
नेकपाको वर्तमान सरकारको केन्द्र स्तरमै पहुँच राख्ने पत्रकार नरेन्द्र केसिको निरन्तर प्रयासले थप सजिलो पारेको स्थानीय बताउँछन् ।
नगरका उपप्रमुख प्रेमकुमारी सुनार (सूर्य) का श्रीमान वडाअध्यक्ष गोपेश्वर केसि निर्वाचित भएपछि स्थानीय सरकारसँग पनि सोझै पहुँछ । सबै हिसावले समृद्धिको आधार तयार भएको देखिन्छ ।




