घोराही १५ पुस ।
एउटै कोेठामा तीनताल बनाएर घोराही १६ बाहुनडाँडाका मनिराज पुनले गोब्रे च्याउ खेति गर्नुभएको छ । łएउटा कोठामा उम्रिएको च्याउले कति कमाई दिन्छ ? यसरी प्रश्न गर्दा पुन भन्नुहुन्छ न्युनतम एकलाख । चम्किलो अनुहार बनाएर जवाफ दिँदै गर्दा कटक्क जिब्र्रो टोक्नुपर्छ ।
मुस्किलले एउटा खाट, किचेन र्याक र ओढ्ने ओच्छ्उन राख्न मिल्ने साँघुरो कोठामा लाखांै कमाई हुन्छ भन्दा पत्याउन कठिन हुन्छ । आफू सुत्नेकोठा मुनिकोमा च्याउ उत्पादन गरेर पुनले प्रमाणित गरिदिनुभएको छ । पुूर्वएमाले जिल्ला कमिटी सदस्य पुन बोलि बेच्ने भन्दा व्यवहार देखाउनेमा विश्वास गर्नुहुन्छ ।
प्यूठानको प्रसिद्ध पर्यटकीय स्थल गौमुखीको नाममा गौमुखी च्याउ तथा कृषि उद्योग दर्ता गरी सन्चालनमा ल्याउनुभएकोे छ । गौमुखी गापा ३ रजवारा प्यूठानमा जन्मिएका पुन सिर्जनशिलताले परिचति हुनुहुन्छ । जसले घर भित्रैबाट कमाउने नयाँ तरिका सफल परिक्षण गर्नुभएको छ ।
घरको तल्लो तलाका दुईवटा कोठामा डल्ले च्याउ उत्पादन गर्नुभएको छ । लगातार तीन बर्षको मेहनतले गोब्रे च्याउ खेति सफल भएको उहाँको भनाई छ । भाडामा नजाने मुख्य बजारभन्दा बाहिरको बेकामे जस्तै कोठा लाखौं उत्पादन गर्ने च्याउ कारखाना बनेका छन् ।
विश्वका आठ देशको प्रत्यक्ष अनुभव संगालेको पुन घर भित्रै खेति गरेर मनग्य कमाउने सबै भन्दा पच्छिल्लो र नयाँ सृजनशिल विधि स्वीकार्नुहुन्छ । कमाउन चाहे उपाए प्रशस्त रहेको पुनको भनाइ छ । कमाउन विदेशै जानुपर्ने, ठूलै लगानी हुनुपर्ने भन्दा ईच्छा शक्ति र मेहनत चाहिन्छ । सोचे जति कमाई खुरुखुरु गोजीमा आउँछ ।
अहिले तीन टन कम्पोष्ट राखिएको छ त्यसबाट एकटन च्याउ उत्पादनको लक्ष्य रहेको पुनले बताउनुभयो । उहाँकाअनुसार सुप खानलाई सर्वाधिक खोजी हुने च्याउ हो । डल्ले च्याउ भनेर पनि परिचित छ । दैनिक एकसय केजी वटन मसरुमका नाउँमा भारतबाट घोराही बजार भित्रिन्छ ।
त्यसलाई विस्थापित गर्ने लक्ष्यकासाथ आगामी वर्ष तीस टन उत्पादन गर्नेे पुनले सुनाउनु भयो । त्यसका लागि प्रदेश र स्थानीय सरकारको प्राविधिक एवं अन्य सहयोगको आशा गरेको बताउनुभयो । त्यसरी फस्टाउने वातावरण दिए प्रदेश धनि बन्ने भनाई छ ।
प्रतिकिलो च्याउ पाँच सयमा घरैबाट बिक्रि हुनेगरेको छ । खेति घर भित्रै हुन्छ । यसले कमाउनका लागि जमिनको अभाव भन्नेहरुलाई गतिलो जवाफ दिएको छ । बिहान चार बजे उठेर च्याउमा पानी चार्न शुरु गर्ने पुन राति दश बजेसम्म व्यस्त रहने गरेको बताउनुहुन्छ ।
त्यही मेहनतका कारण दाङमा च्याउको अभियन्ताको मानक पाउनुभएको छ । कन्या च्याउबाट थालिएको उत्पादन अति धेरै परिश्रम खर्च हुने गोब्रेच्याउको सफलतामा पुगेको छ ।




