भारतीय तरकारीले बजार लिएपछि नेपाली किसानले आफ्नो तरकारीमा डोजर लगाए

संकल्प न्यूज

भारतबाट आएको तरकारीले बजार लिँदा नेपालीले उत्पादन गरेको तरकारीमा डोजर लगाएर नष्ट गरेका छन् ।

चितवन खैरहनी नगरपालिका–६ तुलसीपुरका पुरन महतोले आफ्नो खेतको बन्दाकोभी र मुलामा डोजर लगाएका हुन् । प्रतिकेजी दुई रुपैयाँमा पनि बन्दा र मुला बिक्री नभएपछि खतमै नष्ट गर्नुपरेको उनको भनाइ छ  ।

उनको १६ कट्ठामा बन्दा र मुलाखेती रहेको थियो । भारतबाट अत्यधिक परिमाणमा तरकारी आयात हुने गरेका कारण नेपालका किसानले उत्पादन गरेको तरकारीले बजारमूल्य पाउन नसकेको हो ।

अहिले बन्दा र मुला उत्पादन हुने सिजन हो तर किसानले आफ्ना घरका करेसाबारीमा खेती गरेकाले पनि बन्दा र मुलाले बजार नपाएको किसानहरूको भनाइ छ ।

घरघरमै उत्पादन हुने भएकाले पनि अहिले बन्दा र मुला बजारमा कम बिक्री हुने गरेको छ ।

यसमा तपाइको मत

अन्य समाचार