जनगणना २०७८ : जाति, भाषामा खस र धर्ममा मष्ट लेख्न खस अगुवाको अपील

काठमाडौं । विश्व मष्टधर्म महासंघले २०७८ साल कार्तिक २५ गते देखि मंसिर ०९ गतेसम्म चालु राष्ट्रिय जनगणनामा खस समुदायलाई धर्ममा मष्ट, जातिमा खस, पुर्खाको भाषामा खस र कर्णाली एवं सुदुर पश्चिमका खस भाषीहरूले मातृ भाषामा खस लेखाएर आफ्नो इतिहास र पहिचानको पुनस्र्थापना गर्नका लागि अपील गरेको छ ।

सो संगठनका तर्फबाट अध्यक्ष युवराज कार्कीले एक विज्ञप्ति मार्फत् यस्तो अपील गरेका छन् । २०७८ सालमा हुने जनगणना हिजोदेखि देशभर चलिरहेको छ । खस अन्तरराष्ट्रिय समन्वय समाजले पनि खस समुदायमा यस्तैखाले अपील गरेको छ ।

परम्परागत मष्टधर्मलाई हिन्दूकरण गरी खस समुदायको अस्तित्व नामेट पार्न लागिएको भन्दै खस समुदायका अगुवाहरुले मष्टधर्म महासंघ नामक संगठन बनाएर खस जातिको संस्कृति, भाषा र पहिचान पुनस्थापना गर्ने अभियान चलाइरहेका छन् ।

विज्ञप्तिमा कार्कीले संविधानमा खसलाई आर्यमा गाभेर खसको अस्तित्व समाप्त पार्न लागिएको भन्दै अब कुनैपनि हालतमा खसको पहिचान पुनस्थापित गर्नका लागि जनगणनामा फारम भर्दा खसको पहिचान झल्कने गरी फारम भर्न भनिएको छ ।

 

यसमा तपाइको मत

अन्य समाचार