गुगललाई भारतले गर्यो १३ अर्ब भारु जरिवाना, यस्तो छ कारण
काठमाडौं । भारत सरकारले अमेरिकी टेक जायन्ट कम्पनी गुगलमाथि १३ अर्ब भारू जरिवाना लगाएको छ । भारतको नियामक निकायले बजारमा मोनोपोली कायम गरेको भन्दै १६१ मिलियन अमेरिकी डलर जरिवाना लगाएको हो ।
भारतको नियामक निकायका अनुसार गुगलले स्मार्ट फोन निर्माता कम्पनीहरूसँग एकतर्फी सम्झौता गरेर भारतीय बजारमा दबाब कायम गरेको छ तर, अहिलेसम्म अमेरिकी कम्पनीले भारत सरकारको निणर्यप्रति कुनै प्रतिक्रिया जनाइसकेको छैन ।
कम्पिटिशन कमिशन अफ इन्डिया (सीसीआई)ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गुगलले स्मार्टफोन, वेभ खोज, ब्राउजिङ र भिडियो होस्टिङ सेवाका दायराका लागि एन्ड्रोइड अपरेटिङ सिस्टमको इजाजतपत्र दुरूपयोग गरिरहेको छ ।’ सीसीआईका अनुसार गुगलले स्मार्ट फोन निर्माताहरूलाई युट्यूब, क्रोम, गुगल म्याप र अन्य एप राख्न दबाब नै दिँदै आइरहेको छ ।
यो प्रवृत्तिले बजारमा गुगलको एकछत्र राज चलिरहने र प्रयोगकर्ताको व्यक्तिगत विवरणमाथि गुगलकै एकाधिकार रहिरहने समेत नियामकले जनाएको छ । यता अर्को समाचार अनुसार जिल्ला प्रशासन कार्यालय मोरङले विस्फोटक पदार्थको ओसारपसार, खरिद, बिक्रीमा पूणर्तः रोक लगाएको छ ।
चाडपर्वमा भुइँचम्पा, पटाका, रकेट जस्ता विस्फोटक र ज्वलनशील वस्तु तथा पदार्थको प्रयोगले आगलागी, धनजनमा क्षति हुन सक्ने सम्भावना र वातावरणमा समेत प्रतिकूल असर पर्न सक्ने भएकाले रोक लगाएको प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले बताए ।
उनले कोही कसैबाट गैरकानुनी क्रियाकलाप भए-गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने बताए । प्रशासनले तिहारमा देउसी, भैलो जस्ता कार्यक्रम राति १० बजेसम्म मात्र सञ्चालन गर्न अनुरोध गरेको छ ।
