एमसीसी एक वर्षसम्म लम्ब्याउने अमेरिकी कानून पारित

काठमाडाैं । अमेरिकाले नेपालमा सञ्चालित मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) को विकास सहायता परियोजनालाई आवश्यकता अनुसार एक वर्षसम्म लम्ब्याउने उद्देश्यसहित एउटा कानून अनुमोदन गरेको छ ।

अमेरिकी संसदको दुबै सदनबाट पारित र राष्ट्रपति डोनाल्ड ट्रम्पले गत फेब्रुअरीमा हस्ताक्षर गरेपछि लागु भएको उक्त कानुनले एमसीसीलाई एक वर्षसम्म लम्ब्याउन सकिने अवस्था बनेको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले लेखेको छ, ‘एमसीसी नेपाल कम्प्याक्ट दुई देशबीचको सबैभन्दा ठोस एवं आर्थिक वृद्धितर्फ केन्द्रित साझेदारी हो ।’

एमसीसीलाई आवश्यक थप स्रोत उपलब्ध भएको खण्डमा अब नेपालसहित इन्डोनेसिया, कोसोभो र सेनेगलमा सञ्चालित एमसीसी परियोजना एक वर्ष लम्ब्याउन सकिने छ। ।

एमसीसी कम्प्याक्ट अन्तर्गत अमेरिकाले नेपाललाई विद्युत् प्रसारण लाइन र सडक निर्माण परियोजनाका लागि सन् २०१७ मा ५५० मिलियन अमेरिकी डलर अर्थात् हालको विनिमय दर अनुसार ८१ अर्ब ८० करोड रुपैयाँभन्दा बढी अनुदान दिएको छ। सन् २०२२ मा नेपालको संसद्ले व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता पारित गरेपछि नेपालले १९७ मिलियन अमेरिकी डलर अर्थात् २९ अर्ब २० करोड रुपैयाँ लगानी गरेको छ।

यसमा तपाइको मत

अन्य समाचार