काठमाडौं । शनिबार राति ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनर आयोजना गरिएको वासिङ्टन हिल्टन होटेलमा गोली चलाउने संदिग्ध व्यक्ति सोही होटेलकै पाहुना भएको आशंका गरिएको छ।
मेट्रोपोलिटन प्रहरी विभागका अन्तरिम प्रमुख जेफ्री क्यारोलले प्रारम्भिक जानकारी अनुसार, उनी सोही होटेलकै पाहुना थिए भन्ने विश्वास व्यक्त गरेका छन् ।
उनका अनुसार होटेलको एउटा कोठा सुरक्षित राखेको र त्यहाँ भित्र के थियो भन्ने कुरा पत्ता लगाउन उचित प्रक्रिया अगाडि बढाइएको छ । प्रमुख क्यारोलले सो आक्रमणमा संदिग्ध व्यक्तिले एक्लै योजना बनाएर गोली चलाएको प्रहरीको अनुमान रहेको छ ।
घटनामा संलग्न व्यक्ति क्यालिफोर्नियाका ३१ वर्षीय कोल टोमस एलेन रहेको जानकारी दिएका छन्।
उनलाई हाल प्रहरी नियन्त्रणमा राखिएको छ। हाल उनको पृष्ठभूमि र यस घटनाको उद्देश्यबारे थप अनुसन्धान भइरहेकाे छ ।




